स्वार्थको द्वन्द देखिने गरि गृहमन्त्री गुरुङ पदासिन भएका हुन् ?
काठमाडौँ । विचौलिया दिपक भट्ट र शंकर समुहसँग पार्टनरसिप लिएका गृहमन्त्री सुधन गुरुङ ‘स्वार्थको द्वन्द देखिने’ गरि पदासिन रहेको पाइएको छ । उनी संलग्न रहेको लघु बीमा कम्पनी स्टार माइक्रो इन्स्योरेन्सका संचालक नै गृहमन्त्री गुरुङले नेतृत्व गरेको गृह प्रशासन अन्तर्गतको हतियार खरिदको ठेक्का पाउने कम्पनिको पनि संचालक रहेको पाइएको छ ।
प्रजुनी बज्राचार्य
दिपक भट्ट समुहको ईन्फिनिटी होल्डिङको कर्मचारी प्रजुनी बज्राचार्यको स्टार माइक्रो इन्स्योरेन्समा १ लाख रुपैयाँ बराबरको शेयर छ । स्टार माइक्रो इन्स्योरेन्समा उनी संचालकमात्रै होइन वेभसाइटमा त उनी अध्यक्ष नै रहेको उल्लेख छ । जबकी गृहमन्त्री सुधन गुरुङको भने २५ लाख रुपैयाँको सेयर देखिन्छ । सोही कम्पनिको वेभसाइटमा उल्लेख भए अनुसार स्टार माइक्रो इन्स्योरेन्सकी अध्यक्ष रहेकी उनी प्रजुनी सरकारी ठेक्का र आपूर्ति सेवाहरूमा एक दशकभन्दा बढीको अनुभव भएकी व्यक्ति हुन् ।
उनलाई कम्पनिले एक अनुभवी व्यावसायिक नेतृको रुपमा उल्लेख गरेको छ । उनी भट्टकै समुह अन्तर्गत पेरुन इन्टरप्राइजेज प्रालिकी निर्देशक हुन् । वेभसाइटका अनुसार उनले नेपाल विद्युत् प्राधिकरण, नेपाली सेना र प्रहरी बलका परियोजनाहरू सफलतापूर्वक नेतृत्व गरिसकेको भनेर उल्लेख गरिएको छ । दिपक भट्टले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको हतियार खरिदका लागि पेरुन इन्टरप्राइजेजलाई अघि सार्दै ठेक्का पार्दै आएका छन् ।
भट्ट समुहले हङकङको ‘एरिस टेक्नोलोजिज लिमिटेड’को नेपालस्थित एजेन्ट कम्पनी पेरुन इन्टरप्राइजेज मार्फत ब्राजिल लगायतको मुलुकबाट हतियार खरिद गर्ने भन्दै ठेक्कामा सहभागीता जनाउँदै आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको अधिकांश हतियारको ठेक्कामा यो कम्पनि छनौट भएको तथ्य फेला परेको भन्ने खबर विद्यूतीय सञ्चारमाध्यम ‘दियोपोष्ट’ ले लेखेको छ ।
नयाँ पत्रिका दैनिकमा प्रकाशित एक समाचार अनुसार २० असार ०७९ मा हतियार खरिदका लागि मक्र्युर ट्रेडिङ प्रालि र ग्लोबल कन्स्टेलेसन ट्रेडिङ कम्पनीलाई जिम्मा दिने सम्झौता भएको थियो । मक्र्युरसँग पेस्तोल र सटगन तथा ग्लोबलसँग गोली र टियर ग्यास खरिदको सम्झौता भएको थियो । दुवै कम्पनी दिपक भट्टको कर्मचारीको नाममा छ । कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्राप्त विवरणअनुसार मक्र्युरको सञ्चालकमा मनोजकुमार अग्रवाल तथा ग्लोबलको सञ्चालकमा दीपककुमार बोहरा र अभिषेक आनन्द छन् । त्यस्तै, सशस्त्र प्रहरी बलमा पेरुन इन्टरप्राइजेज र मक्र्युरले ठेक्का पाएका थिए । पेरुन पनि भट्टकै कर्मचारी प्रजुनी बज्राचार्यको नाममा छ ।
गृहमन्त्री गुरुङ पनि संस्थापक शेयर सदस्य रहेको स्टार माइक्रो इन्स्योरेन्समा प्रजुनीकाे सेयर साताैँ नम्बरमा
गृहमन्त्री गुरुङ पनि संस्थापक शेयर सदस्य रहेको स्टार माइक्रो इन्स्योरेन्समा प्रजुनीको नाम ७ औँ नम्बरमा छ । कम्पनिको विभिन्न रिपोर्टहरुमा उनी नै यो कम्पनिको हर्ताकर्ता छिन् । नेपाल प्रहरीको आधिकारीक वेभसाइटमा २०७८ मंसिर २ गते प्रकाशित हतियार किन्ने कम्पनिहरुको सुचीमा सुधन गुरुङको व्यावसायीक साझेदार प्रजुनीको कम्पनि पेरुन ईन्टरप्राइजेज ३८ औँ नम्बरमा छ । २०८२ भदौ २ गते प्रकाशित प्रहरीकै वेभसाइटमा उल्लेखित डाटा अनुसार पेरुन ५६ औँ नम्बरमा हतियार किन्ने कम्पनिको सूचिमा छ । ‘सशस्त्र प्रहरीको वेभसाइटमा पनि यो कम्पनि हतियार किन्ने कम्पनिमा सुचिकृत रहेको तथ्यहरुले देखाएको छ’ भन्ने खबर दियोपोष्ट लगायत सञ्चारमाध्यमले लेखेका छन् ।
२०८२ असार २२ मा कान्तिपुर दैनिकमा प्रकाशित रिपोर्ट अनुसार दिपक भट्ट समुहलाई नै विवादित रुपमा डेढ अर्ब रुपैयाँको हतियार किन्ने ठेक्का दिने तयारी गरिएको थियो । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले १ अर्ब ५९ करोड रुपैयाँ रकमान्तर गरेर हतियार खरिदका लागि दिपक भट्टलाई सहयोग गरिदिएका थिए । तर, तिब्र विरोध भएपछि हतियार किन्ने निर्णयबाट सरकार पछि हटेको थियो । पूर्वअर्थमन्त्री शर्माकै छोरी कविता शर्मा भट्ट समुहको स्वामित्व रहेको प्रजुनी बज्राचार्य संचालक रहेको स्टार माइक्रो इन्स्योरेन्समा जिएम पदमा रहेको देखिन्छ ।
Comments
अरु समाचार
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...













