सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
– अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष प्रवेश गरी रजत जयन्ती मनाइरहेको छ। यो खुसी, उत्साह र उमंगको विषय हो। सबैभन्दा पहिले हामी सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता र सबै पेसा व्यवसायमा आबद्ध शुभेच्छुकप्रति हार्दिक कृतज्ञता राख्दै धन्यवाद दिन चाहान्छौं।
तपाईंहरूकै अटुट साथ, माया र भरोसाका कारण अन्नपूर्ण प्रकाशन आज देशकै विश्वसनीय मिडिया हाउसका रूपमा स्थापित छ। यो बीचमा विभिन्न समस्या र अवरोधहरू पक्कै पनि आए। प्रकाशन नै अवरुद्ध हुन सक्ने खालका गम्भीर चुनौती र दबाबहरू हामीले नझेलेका होइनौं। तर, देशको पक्षमा बोल्ने, राष्ट्रियताको सधैं वकालत गर्ने, जनताको आवाज बोक्ने परिचय बोकेको प्रकाशनलाई हामीले जस्तोसुकै कठिन कालमा पनि निमोठिने दिएनौं। हन्डर–ठक्कर खायौं, विभिन्न दबाब सह्यौं त्यो आफ्नो ठाउँमा छ। तर, हामी भयभीत भएनौं। आवेग र अतिरञ्जनामा पुगेनौं। केवल सम्झ्यौं, स्वस्थ, मर्यादित, सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय पत्रकारिता। पत्रकारिताको यही मूलमन्त्र सम्झिएर हामीले दिनानुदिन आफ्नो धर्म निर्वाह गर्दै आइरहेका छौं।
आज अन्नपूर्ण पोस्ट् केवल प्रकाशनमात्र भएको छैन। विषयवस्तुमा फरकपन र प्रस्तुति दिँदै आएको छ। झन् बढी सन्तुलित र पाठकमैत्री बनेको छ। ‘पहिला जनताका आवाज’ भन्ने मान्यतालाई अन्नपूर्णका सम्पूर्ण प्रकाशनले अंगीकार गरेका छन्। सोही कारण यस दैनिकका पानाहरूमा समेत तपाईंहरूले पाठकका आवाजलाई प्राथमिकता दिएको पाउनुहुन्छ। दुर्गम डोल्पाको से—फुक्सुन्डोदेखि सुदूरपश्चिम अछाम र दार्चुलावासीका सुखदुःखका सारथि अन्नपूर्ण बनेको छ। सगरमाथा खुम्बु क्षेत्रका उच्च हिमाली आवाजदेखि जनकपुर, वीरगन्जजस्ता मधेस, तराईका बासिन्दाका समस्या सुल्झाउन अन्नपूर्णले हातेमालो गरेको छ।
कर्णालीलाई विकासको दृष्टिले कायापलट गर्ने दृष्टिले होस् या बागमती, लुम्बिनी र गण्डकीका सांस्कृतिक र पर्यटकीय सम्भावना उजागर गर्ने काममा अन्नपूर्णका सबै प्रकाशन केन्द्रित छन्। २५ वर्षदेखिको यही अनवरत सक्रियताका कारण नेपाली मिडियामा अन्नपूर्ण बेग्लै र भरोसायोग्य मिडियाको स्थान लिन सफल भएको हो। हाम्रो यो कर्ममा जुट्ने सबै पत्रकार, कर्मचारी अन्नपूर्ण अभियानका खास हिस्सेदार हुन्। पछिल्लो एआई प्रविधि सम्मिलित सामग्री जुटाउने समाचार कक्षका हातदेखि घरघर पत्रिका पुर्याउने वितरणका सहकर्मी यसमा पर्छन्।
जनताका आवाजसहितका विषयवस्तु पस्किन हामीले पछिल्लो समय बोकेको सिर्जनात्मक तरिका ‘कन्स्ट्रक्टिभ वे’ले सिंगो पत्रकारितालाई मलजल पुर्याउने विश्वास लिएको छौं। अन्नपूर्ण प्रकाशनको सम्पादकीय समूहले रचनात्मक पत्रकारितालाई बढावा दिइरहेको छ। पत्रकारितालाई समाधानमुखी र सिर्जनात्मकतातिर केन्द्रित गरेको छ। सम्भवतः यसको यति धेरै अभ्यास मुलुककै लागि नौलो हो।
अन्नपूर्ण यो वर्षदेखि २५ वर्ष प्रवेश गर्नु भनेको युवावय अवस्था हो। संयोग, यही वर्ष मुलुकको राजनीतिक शासनभार युवामय बनेको छ। देश–विदेशमा रहेका नेपालीका आशा, भरोसाका केन्द्रका रूपमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको सरकार छ। नवीन सोच, ऊर्जा र शक्तिसाथ आएको युवाको गतिलाई रचनात्मक पत्रकारितामार्फत देश विकासमा केन्द्रित गराउनु आजको आवश्यकता हो। नकारात्मकताले समाज र देशलाई भड्काएको बेला, स्वस्थ आलोचनासहितको सिर्जनात्मकता देश विकासको कडी पक्कै हुनेछ भन्ने विश्वास हामीले लिएका छौं। यही सन्दर्भमा अन्नपूर्णले रजत जयन्तीको विशेषांक पनि ‘युवा शक्ति’लाई मुख्य केन्द्रबिन्दुमा राखी आकर्षक ढंगले आजै पस्किएको छ।
रजत जयन्ती मनाइरहँदा र देश युवा नेतृत्वले हाँकिरहेकै बेला नमिठोसाथ हामीले भन्नैपर्छ, देशभरका निजी मिडिया, सञ्चारकर्मी, कर्मचारीको अवस्था भने चिन्ताजनक छ। निजी क्षेत्रका पत्रपत्रिका, रेडियो, टीभी, अनलाइन पोर्टलसहितलाई सरकारी सूचना, विज्ञापन नदिने सरकारी निर्णयले यी सबै मिडियाको घाँटी निमोठेको छ। लोकतन्त्रको रक्षक, जनअधिकारको सुरक्षाकवचको भूमिका खेल्ने मिडियाको प्राण रोक्न सक्ने यो निर्णय पुनरावलोकन हुनेछ भन्ने विश्वास हामीले लिएका छौं।
अन्नपूर्ण पोस्ट् सदैव राष्ट्र, राष्ट्रिय एकता, स्थिरता र सुदृढ लोकतन्त्रको पक्षमा छ। जनअधिकार रक्षा, कानुनी शासन र मानवाधिकारको पक्षपोषण यसले सदैव गरिनै रहनेछ। हाम्रा सबै प्रकाशन डिजिटल प्रविधिमा उपलब्ध छन्। आगामी दिनमा पनि नवीनतम् प्रविधिको उच्चतम प्रयोग गर्दै अन्नपूर्णले नयाँ टेलिभिजन च्यानलसमेत प्रसारण सुरु गर्ने घोषणा गर्दछौं।
अन्तमा, अन्नपूर्ण पोस्ट् दैनिकको रजत जयन्तीको अवसरमा पुनः सबैमा शुभकामना आदानप्रदान गर्न चाहान्छौं। देश र जनताको हित अनि राष्ट्रियताको पक्षमा साँचो खबरदारीका लागि आगामी दिनमा समेत यहाँहरूले निरन्तर सहयोग, सद्भाव र माया प्रदान गर्नुहुनेछ भन्ने विश्वाससमेत लिएका छौं।
क्याप्टेन रामेश्वर थापा
अध्यक्ष
अन्नपूर्ण मिडिया नेटवर्क
Comments
अरु समाचार
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
कांग्रेस नेता डा. शेखर कोइराला समूहको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन्...
-
अध्यादेश सम्बन्धमा संविधानविद्हरूसँग राय लिँदै राष्ट्रपति पौडेल
काठमाडौं । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श...












