संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्।
पत्रकाहरुलाई कसरी पहुँच दिने र कहाँसम्म दिने भन्ने विषयमा सभामुखले संसदीय समितिका सभापतिहरुसंग छलफल गरेका हुन्। यसअघि संसदीय समितिमा पत्रकारले प्राप्त गर्दै आएको सूचना संकलनको पहुँचलाई सिमित गर्नेतर्फ रास्वपाबाट सभामुख चयन भएका अर्यालले तयारी तीब्र पारेका हुन्।
सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले सभामुखले समितिका बैठकमा पहुँच सिमित पार्ने विषयमा छलफल गरेको पुष्टी गरेका हुन्।
पारदर्शीता, लोकतन्त्र र सहजता दिने भन्दै झण्डै दुई तिहाईको बहुमत प्राप्त गरेको रास्वपाले विस्तारै सबै क्षेत्रमा कडाई गर्दै लगेको छ। केहिदिन पहिले प्रधानमन्त्री बालेन्द्र शाहले पनि पत्रकारलाई भिडियो खिच्न नदिन सुरक्षाकर्मीलाई दबाब दिएका थिए । सार्वजनिक रुपम विरोध भएपछि यसलाई उनको सचिवालयले अन्यत्रै मोड्न खोजेको थियो ।
यता, संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि बैठकमा पत्रकारहरूको प्रवेशबारे कार्यविधि बनाउने विषयमा छलफल भएको बताएका छन्। पत्रकार प्रवेश सम्बन्धी कार्यविधि परिमार्जन गर्ने विषय उठेको उल्लेख गर्दै संसदीय मामिलाका पत्रकारको पहुँच सिमित पार्ने प्रयास चलिरहेको छ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












