बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ।
संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको सरकारले तीन सदस्यबाट निर्णय गर्न सक्ने गरि अघि बढाएपछि बैठक बस्ने तयारी तीब्र पारिएको हो।
बिहीबार बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशको उम्मेदवार सिफारिस गर्ने स्रोतको दाबी छ।
वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस यसअघि नै भइसकेको छ भने यीमध्येबाट परिषद्ले एकजनालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ।
स्रोतका अनुसार सुवेदीर श्रेष्ठले प्रधानन्यायाधीशमा सिफारिस हुनका लागि दाैडधुप बाक्लो बनाएका छन्। उनीहरु विभिन्न प्रकरणमा विवादास्पद छवीका भएपनि बालुवाटारदेखि बुढानिलकण्ठसम्म चहारीरहेको बताइन्छ।
रास्वपामा पनि सर्वोच्चमा बुढानिलकण्ठको विशेष चासो रहेको र यसमा आफ्नो मान्छे राख्न पाइए प्रधानमन्त्री वालेन्द्र शाहलाई अन्य काममा हस्तक्षेप नगर्ने गरि सहमति नै गर्ने गरि काम अघि बढढेको स्रोतले न्यूज नेपाललाई जानकारी दिएको छ। यद्यपी बिहीबारको संवैधानिक परिषद्को बैठक रोचक हुने दाबी गरिएको छ ।
नेपालको न्यायिक इतिहासमा वरिष्ठता मिचेर प्रधानन्यायाधीश बनाइएको देखिन्न। यसरी हुँदा वरिष्ठतम् न्यायाधीश समेत रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल नै प्रधानन्यायाधीशमा सिफारिस हुनेछिन्। मल्ल शुशीला कार्कीपछि प्रधानन्यायाधीशका लागि दोश्रो पहिला प्रमुख हुने बाटोमा छिन् । तर, आफूअनुकुल निर्णय गर्ने सहजता प्राप्त गरेका वालेन्द्रले के गर्छन भन्ने चासो देखिन्छ
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












