बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ।
संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको सरकारले तीन सदस्यबाट निर्णय गर्न सक्ने गरि अघि बढाएपछि बैठक बस्ने तयारी तीब्र पारिएको हो।
बिहीबार बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशको उम्मेदवार सिफारिस गर्ने स्रोतको दाबी छ।
वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस यसअघि नै भइसकेको छ भने यीमध्येबाट परिषद्ले एकजनालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ।
स्रोतका अनुसार सुवेदीर श्रेष्ठले प्रधानन्यायाधीशमा सिफारिस हुनका लागि दाैडधुप बाक्लो बनाएका छन्। उनीहरु विभिन्न प्रकरणमा विवादास्पद छवीका भएपनि बालुवाटारदेखि बुढानिलकण्ठसम्म चहारीरहेको बताइन्छ।
रास्वपामा पनि सर्वोच्चमा बुढानिलकण्ठको विशेष चासो रहेको र यसमा आफ्नो मान्छे राख्न पाइए प्रधानमन्त्री वालेन्द्र शाहलाई अन्य काममा हस्तक्षेप नगर्ने गरि सहमति नै गर्ने गरि काम अघि बढढेको स्रोतले न्यूज नेपाललाई जानकारी दिएको छ। यद्यपी बिहीबारको संवैधानिक परिषद्को बैठक रोचक हुने दाबी गरिएको छ ।
नेपालको न्यायिक इतिहासमा वरिष्ठता मिचेर प्रधानन्यायाधीश बनाइएको देखिन्न। यसरी हुँदा वरिष्ठतम् न्यायाधीश समेत रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल नै प्रधानन्यायाधीशमा सिफारिस हुनेछिन्। मल्ल शुशीला कार्कीपछि प्रधानन्यायाधीशका लागि दोश्रो पहिला प्रमुख हुने बाटोमा छिन् । तर, आफूअनुकुल निर्णय गर्ने सहजता प्राप्त गरेका वालेन्द्रले के गर्छन भन्ने चासो देखिन्छ
Comments
अरु समाचार
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...













