मुस्ताङमा पहिलो पटक एआई ड्रोनमार्फत वन गस्ती सुरु
काठमाडौं । मुस्ताङमा पहिलो पटक एआई प्रविधियुक्त ड्रोन प्रयोग गरेर वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमले उच्चलेक, खर्क तथा पाटन क्षेत्रको अनुगमन गर्न आधुनिक ड्रोन प्रविधि प्रयोगमा ल्याएको हो ।
यसअघि मुस्ताङमा ड्रोन प्रविधि चलचित्र, डकुमेन्ट्री तथा विभिन्न चाडपर्वका श्रव्यदृश्य छायाङ्कनमा प्रयोग हुँदै आएको थियो । तर वन संरक्षण तथा गस्तीका लागि एआई ड्रोन प्रयोग गरिएको यो पहिलो पटक हो ।
कठिन भूगोल, दुर्गम क्षेत्र तथा न्यून मानव बस्ती भएका स्थानमा वन अनुगमनलाई प्रभावकारी बनाउन ड्रोन प्रविधि सुरु गरिएको एक्याप जोमसोमले जनाएको छ ।
एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीका अनुसार संरक्षित वन, वन पैदावार तथा वन्यजन्तुको संरक्षणका साथै चोरी शिकारी र वन क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि ड्रोन प्रयोग गरिएको हो ।
ड्रोनमार्फत वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ को लुप्रा लेक तथा घरपझोङ गाउँपालिकाको भ्रप्सा र नमखुलेङ्क क्षेत्रमा गस्ती भइसकेको छ । हाल यार्सागुम्बा सङ्कलनको सिजन चलिरहेकाले एक्यापले एआई ड्रोनमार्फत छड्के अनुगमनलाई तीव्र बनाएको जनाएको छ ।
यार्सागुम्बा सङ्कलनका क्रममा हुनसक्ने अवाञ्छित गतिविधि, उच्चलेक क्षेत्रमा पासो थाप्ने, बन्दुक बोकेर वन्यजन्तुको चोरी शिकारी गर्ने तथा आगलागीको जोखिम नियन्त्रणका लागि आधुनिक प्रविधिको प्रयोग गरिएको हो ।
एक्यापका अनुसार प्रयोग गरिएको ड्रोनको तौल १ हजार ६३ ग्राम रहेको छ । उक्त ड्रोन १५ देखि २० किलोमिटरसम्म उड्न सक्ने तथा करिब ६ किलोमिटर उचाइसम्म पुग्न सक्ने क्षमता राख्छ । ड्रोनलाई प्रतिघण्टा ९० देखि ९७ किलोमिटर गतिमा सञ्चालन गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












