मुस्ताङमा पहिलो पटक एआई ड्रोनमार्फत वन गस्ती सुरु
काठमाडौं । मुस्ताङमा पहिलो पटक एआई प्रविधियुक्त ड्रोन प्रयोग गरेर वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमले उच्चलेक, खर्क तथा पाटन क्षेत्रको अनुगमन गर्न आधुनिक ड्रोन प्रविधि प्रयोगमा ल्याएको हो ।
यसअघि मुस्ताङमा ड्रोन प्रविधि चलचित्र, डकुमेन्ट्री तथा विभिन्न चाडपर्वका श्रव्यदृश्य छायाङ्कनमा प्रयोग हुँदै आएको थियो । तर वन संरक्षण तथा गस्तीका लागि एआई ड्रोन प्रयोग गरिएको यो पहिलो पटक हो ।
कठिन भूगोल, दुर्गम क्षेत्र तथा न्यून मानव बस्ती भएका स्थानमा वन अनुगमनलाई प्रभावकारी बनाउन ड्रोन प्रविधि सुरु गरिएको एक्याप जोमसोमले जनाएको छ ।
एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीका अनुसार संरक्षित वन, वन पैदावार तथा वन्यजन्तुको संरक्षणका साथै चोरी शिकारी र वन क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि ड्रोन प्रयोग गरिएको हो ।
ड्रोनमार्फत वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ को लुप्रा लेक तथा घरपझोङ गाउँपालिकाको भ्रप्सा र नमखुलेङ्क क्षेत्रमा गस्ती भइसकेको छ । हाल यार्सागुम्बा सङ्कलनको सिजन चलिरहेकाले एक्यापले एआई ड्रोनमार्फत छड्के अनुगमनलाई तीव्र बनाएको जनाएको छ ।
यार्सागुम्बा सङ्कलनका क्रममा हुनसक्ने अवाञ्छित गतिविधि, उच्चलेक क्षेत्रमा पासो थाप्ने, बन्दुक बोकेर वन्यजन्तुको चोरी शिकारी गर्ने तथा आगलागीको जोखिम नियन्त्रणका लागि आधुनिक प्रविधिको प्रयोग गरिएको हो ।
एक्यापका अनुसार प्रयोग गरिएको ड्रोनको तौल १ हजार ६३ ग्राम रहेको छ । उक्त ड्रोन १५ देखि २० किलोमिटरसम्म उड्न सक्ने तथा करिब ६ किलोमिटर उचाइसम्म पुग्न सक्ने क्षमता राख्छ । ड्रोनलाई प्रतिघण्टा ९० देखि ९७ किलोमिटर गतिमा सञ्चालन गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री सुधन गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
‘विपद् व्यवस्थापानको काममा निरन्तरता, चाँडोभन्दा चाँडो सक्ने प्रयास
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...













