गलत काम गरिन्न, गलत गर्नेलाई छाडिन्न : वरिष्ठ पत्रकार श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले आफूले पनि गलत काम नगर्ने र गलत काम गर्नेलाई पनि नछाड्ने बताएका छन् । पछिल्लो समय आफूविरुद्ध गरिएको षड्यन्त्रका विषयमा केन्द्रित हुँदै श्रेष्ठले कसैलाई नियतबश ड्यामेज गर्न खोजिन्छ भने त्यो ठीक नहुने प्रष्ट पारेका छन् ।
पछिल्लो समय तानाबानाका साथ हुने\नहुने कुरा समेटेर पत्रकारिता जगतकै बदनाम गर्नेगरी फेक भिडियो बनाइएको श्रेष्ठको दाबी छ । श्रेष्ठले एक सञ्चारमाध्यमसँग भने, ‘यदि हामी गलत थियौं भने तत्काल नेपाल प्रहरीलाई खबर गर्ने थिएनौं । आज त्यसैको आधारमा इन्डिया, अष्ट्रेलिया, मलेसियाको नम्बरबाट तथानाम गाली गरिएको छ ।’
आफूविरुद्धको नियतवश गरिएको षड्यन्तमुलक क्रियाकलाप स्वच्छ पत्रकारिता गर्नेे पत्रकार जगतमाथि कै प्रहार भएको श्रेष्ठले दाबी गरेका छन् । जुन व्यक्तिले खोजी पत्रकारितामार्फत निरन्तर पत्रकारिताको धर्म निर्वाह गर्दै आएको छ उसैमाथि नियतवश बदनाम र अपमान गर्ने कामप्रति श्रेष्ठले विरोध जनाएका छन् ।
‘गौरी बहादुर कार्कीको रिर्पोट बाहिर नल्याएको भए जनता कसरी सूचुतित हुन्थे ?’ भन्ने वरिष्ठ पत्रकार श्रेष्ठको प्रश्न छ । सुधन गुरुङको बारेमा दुई महिनामा दुई वटा स्टेटमेन्ट आयो भनेर सम्पति विवरणका बारेमा आफूले प्रष्ट नपारेको भए कसले गर्थ्यो भन्ने श्रेष्ठको भनाई छ ।
आफूले समाचार सम्प्रेषण गरेकाले देशबासीले यर्थाथ थाह पाउने अवसर पाएको श्रेष्ठले जनाए । केटाकेटी खेल, प्रपोगन्डा गर्दैमा पत्रकारको स्वाभिमान नढल्ने श्रेष्ठले चेतावनी दिएका छन् ।
वरिष्ठ पत्रकार श्रेष्ठ नेपालका चर्चित पत्रकार, सम्पादक तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका अभियन्ता हुन् । उनी विशेषगरी सत्य र तथ्यमा आधारित भएर खोजमूलक र राजनीतिक विधामा प्रखर कलम चलाउनका लागि परिचित छन् ।
Comments
अरु समाचार
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
जनआस्था कार्यालयमा नगद र रक्सी प्रकरण: चिनियाँ दूतावासले जनायो आपत्ति
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाली सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलिएको “चिनियाँ नागरिकले केही पत्रकारलाई घुस दिन खोजेको” भन्ने...
-
सपनामाथि मनोजको प्रतिशोध बारले रोकेपछि….
काठमाडाैं । न्याय परिषद्को सदस्यबाट समेत प्रतिशोध साँध्न प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले चालेको कदममा ब्रेक लागेको छ। न्याय परिषद्मा प्रधानन्यायाधीश,...
-
पूर्वराजदूत ओलीद्वारा सिचाङको ‘पर्यावरणीय सभ्यता’ मोडेलको प्रशंसा
काठमाडाैं । चीनका लागि पूर्व नेपाली राजदूत कृष्णप्रसाद ओलीले सिचाङ (तिब्बत) केन्द्रित ‘पर्यावरणीय सभ्यता’ अवधारणाको प्रशंसा गरेका छन्। सिचाङ ‘शान्तिपूर्ण...
-
आज पनि एमालेको सचिवालय बैठक, कस्तो होला निष्कर्ष ?
काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास...
-
वीरगञ्जबाट १० महिनामा करिब ८ खर्बको सामान भित्रियो
वीरगन्ज– वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु...
-
सर्वोच्च अदालतमा ‘गोलाप्रथा’ हटाउन खोजिएको भन्दै बारको शंका
काठमाडाैं । सर्वोच्च अदालतमा मुद्दा बाँडफाँट गर्ने वर्तमान ‘गोलाप्रथा’ प्रणाली हटाउने तयारीबारे सूचना पाएपछि नेपाल बार एसोसिएसनले शंका व्यक्त गरेको...
-
चार उपाध्यक्षले मागे ओलीको राजीनामा, के गर्लान ओली ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीबाट राजीनामा दिनुपर्ने माग उठ्न थालेको छ । एमाले सचिवालय बैठकमा चार उपाध्यक्षले...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












