गलत काम गरिन्न, गलत गर्नेलाई छाडिन्न : वरिष्ठ पत्रकार श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले आफूले पनि गलत काम नगर्ने र गलत काम गर्नेलाई पनि नछाड्ने बताएका छन् । पछिल्लो समय आफूविरुद्ध गरिएको षड्यन्त्रका विषयमा केन्द्रित हुँदै श्रेष्ठले कसैलाई नियतवश ड्यामेज गर्न खोजिन्छ भने त्यो ठीक नहुने प्रष्ट पारेका छन् ।
पछिल्लो समय तानाबानाका साथ हुने\नहुने कुरा समेटेर पत्रकारिता जगतकै बदनाम गर्नेगरी फेक भिडियो बनाइएको श्रेष्ठको दाबी छ । श्रेष्ठले एक सञ्चारमाध्यमसँग भने, ‘यदि हामी गलत थियौं भने तत्काल नेपाल प्रहरीलाई खबर गर्ने थिएनौं । आज त्यसैको आधारमा इन्डिया, अष्ट्रेलिया, मलेसियाको नम्बरबाट तथानाम गाली गरिएको छ ।’
आफूविरुद्धको नियतवश गरिएको षड्यन्तमुलक क्रियाकलाप स्वच्छ पत्रकारिता गर्नेे पत्रकार जगतमाथि कै प्रहार भएको श्रेष्ठले दाबी गरेका छन् । जसले खोज पत्रकारितामार्फत निरन्तर पत्रकारिताको धर्म निर्वाह गर्दै आएको छ उसैमाथि नियतवश बदनाम र अपमान गर्ने कामप्रति श्रेष्ठले विरोध जनाएका छन् ।
‘गौरी बहादुर कार्कीको रिर्पोट बाहिर नल्याएको भए जनता कसरी सूचित हुन्थे ?’ भन्ने वरिष्ठ पत्रकार श्रेष्ठको प्रश्न छ । सुधन गुरुङको बारेमा दुई महिनामा दुई वटा स्टेटमेन्ट आयो भनेर सम्पति विवरणका बारेमा आफूले प्रष्ट नपारेको भए कसले गर्थ्यो भन्ने श्रेष्ठको भनाई छ ।
आफूले समाचार सम्प्रेषण गरेकाले देशबासीले यर्थाथ थाह पाउने अवसर पाएको श्रेष्ठले जनाए । केटाकेटी खेल, प्रपोगन्डा गर्दैमा पत्रकारको स्वाभिमान नढल्ने श्रेष्ठले चेतावनी दिएका छन् ।
श्रेष्ठ नेपालका चर्चित पत्रकार, सम्पादक तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका अभियन्ता हुन् । उनी विशेषगरी सत्य र तथ्यमा आधारित भएर खोजमूलक र राजनीतिक विधामा प्रखर कलम चलाउनका लागि परिचित छन् ।
Comments
अरु समाचार
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...













