गलत काम गरिन्न, गलत गर्नेलाई छाडिन्न : वरिष्ठ पत्रकार श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले आफूले पनि गलत काम नगर्ने र गलत काम गर्नेलाई पनि नछाड्ने बताएका छन् । पछिल्लो समय आफूविरुद्ध गरिएको षड्यन्त्रका विषयमा केन्द्रित हुँदै श्रेष्ठले कसैलाई नियतवश ड्यामेज गर्न खोजिन्छ भने त्यो ठीक नहुने प्रष्ट पारेका छन् ।
पछिल्लो समय तानाबानाका साथ हुने\नहुने कुरा समेटेर पत्रकारिता जगतकै बदनाम गर्नेगरी फेक भिडियो बनाइएको श्रेष्ठको दाबी छ । श्रेष्ठले एक सञ्चारमाध्यमसँग भने, ‘यदि हामी गलत थियौं भने तत्काल नेपाल प्रहरीलाई खबर गर्ने थिएनौं । आज त्यसैको आधारमा इन्डिया, अष्ट्रेलिया, मलेसियाको नम्बरबाट तथानाम गाली गरिएको छ ।’
आफूविरुद्धको नियतवश गरिएको षड्यन्तमुलक क्रियाकलाप स्वच्छ पत्रकारिता गर्नेे पत्रकार जगतमाथि कै प्रहार भएको श्रेष्ठले दाबी गरेका छन् । जसले खोज पत्रकारितामार्फत निरन्तर पत्रकारिताको धर्म निर्वाह गर्दै आएको छ उसैमाथि नियतवश बदनाम र अपमान गर्ने कामप्रति श्रेष्ठले विरोध जनाएका छन् ।
‘गौरी बहादुर कार्कीको रिर्पोट बाहिर नल्याएको भए जनता कसरी सूचित हुन्थे ?’ भन्ने वरिष्ठ पत्रकार श्रेष्ठको प्रश्न छ । सुधन गुरुङको बारेमा दुई महिनामा दुई वटा स्टेटमेन्ट आयो भनेर सम्पति विवरणका बारेमा आफूले प्रष्ट नपारेको भए कसले गर्थ्यो भन्ने श्रेष्ठको भनाई छ ।
आफूले समाचार सम्प्रेषण गरेकाले देशबासीले यर्थाथ थाह पाउने अवसर पाएको श्रेष्ठले जनाए । केटाकेटी खेल, प्रपोगन्डा गर्दैमा पत्रकारको स्वाभिमान नढल्ने श्रेष्ठले चेतावनी दिएका छन् ।
श्रेष्ठ नेपालका चर्चित पत्रकार, सम्पादक तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका अभियन्ता हुन् । उनी विशेषगरी सत्य र तथ्यमा आधारित भएर खोजमूलक र राजनीतिक विधामा प्रखर कलम चलाउनका लागि परिचित छन् ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












