किशोर श्रेष्ठविरुद्ध षडयन्त्र रचिएको भन्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले जनायो आपत्ति
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले वरिष्ठ पत्रकार तथा जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठ र जनआस्था साप्ताहिकलाई लक्षित गर्दै सामाजिक सञ्जाल, अज्ञात फोन कल र विदेशी नम्बरमार्फत मानसिक दबाब, आर्थिक प्रलोभन तथा योजनाबद्ध दुष्प्रचार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघ काठमाडौं शाखाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै तथ्यमा आधारित समाचार र खोजमूलक पत्रकारिताको प्रतिवाद गर्न नसकेपछि पत्रकार तथा सञ्चारमाध्यमलाई विभिन्न माध्यमबाट फसाउने, नियोजित रूपमा चरित्रहत्या गर्ने, भ्रम फैलाउने तथा पत्रकारको विश्वसनीयतामाथि आक्रमण गर्ने कार्य भइरहेको उल्लेख गरेको छ।
विज्ञप्तिमा यस्ता गतिविधिलाई निन्दनीय, आपत्तिजनक र प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेपको रूपमा व्याख्या गरिएको छ। महासंघले पत्रकारलाई त्रसित नबनाउन, सञ्चारमाध्यमलाई कमजोर पार्ने प्रयास नगर्न र स्वतन्त्र आवाजमाथि दबाब सिर्जना गर्ने गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ।
महासंघले विशेषगरी वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि लक्षित गतिविधिले पत्रकारिता क्षेत्रमा त्रास र असुरक्षाको वातावरण सिर्जना गरेको जनाएको छ। यस्ता संगठित आक्रमणप्रति राज्य संयन्त्र गम्भीर बन्नुपर्ने उल्लेख गर्दै सम्बन्धित निकायलाई निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गरी संलग्न व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।
साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने, पत्रकारलाई धम्क्याउने र सञ्चारमाध्यममाथि अविश्वास सिर्जना गर्ने कुनै पनि गतिविधिविरुद्ध सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज तथा लोकतन्त्रप्रेमी शक्तिहरू एकजुट हुन महासंघले आह्वान गरेको छ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार सुरक्षा, व्यावसायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको पक्षमा सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरिएको छ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
विश्वकप २०२६: समूह चरण सकियो, अन्तिम ३२ टोलीको भिडन्त तय
काठमाडौं । ४८ टोली सहभागी पहिलो पटकको विस्तारित विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...












