किशोर श्रेष्ठविरुद्ध षडयन्त्र रचिएको भन्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले जनायो आपत्ति
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले वरिष्ठ पत्रकार तथा जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठ र जनआस्था साप्ताहिकलाई लक्षित गर्दै सामाजिक सञ्जाल, अज्ञात फोन कल र विदेशी नम्बरमार्फत मानसिक दबाब, आर्थिक प्रलोभन तथा योजनाबद्ध दुष्प्रचार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघ काठमाडौं शाखाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै तथ्यमा आधारित समाचार र खोजमूलक पत्रकारिताको प्रतिवाद गर्न नसकेपछि पत्रकार तथा सञ्चारमाध्यमलाई विभिन्न माध्यमबाट फसाउने, नियोजित रूपमा चरित्रहत्या गर्ने, भ्रम फैलाउने तथा पत्रकारको विश्वसनीयतामाथि आक्रमण गर्ने कार्य भइरहेको उल्लेख गरेको छ।
विज्ञप्तिमा यस्ता गतिविधिलाई निन्दनीय, आपत्तिजनक र प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेपको रूपमा व्याख्या गरिएको छ। महासंघले पत्रकारलाई त्रसित नबनाउन, सञ्चारमाध्यमलाई कमजोर पार्ने प्रयास नगर्न र स्वतन्त्र आवाजमाथि दबाब सिर्जना गर्ने गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ।
महासंघले विशेषगरी वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि लक्षित गतिविधिले पत्रकारिता क्षेत्रमा त्रास र असुरक्षाको वातावरण सिर्जना गरेको जनाएको छ। यस्ता संगठित आक्रमणप्रति राज्य संयन्त्र गम्भीर बन्नुपर्ने उल्लेख गर्दै सम्बन्धित निकायलाई निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गरी संलग्न व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।
साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने, पत्रकारलाई धम्क्याउने र सञ्चारमाध्यममाथि अविश्वास सिर्जना गर्ने कुनै पनि गतिविधिविरुद्ध सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज तथा लोकतन्त्रप्रेमी शक्तिहरू एकजुट हुन महासंघले आह्वान गरेको छ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार सुरक्षा, व्यावसायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको पक्षमा सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरिएको छ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...












