चिलीको उत्तरी क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प
चिली। चिलीको राष्ट्रिय विपद् रोकथाम तथा प्रतिक्रिया सेवाले भूकम्प लगत्तै सूचना जारी गर्दै समुद्री तटीय क्षेत्रमा सुनामीको कुनै जोखिम नरहेको प्रष्ट पारेको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार भूकम्पको कडा धक्का अरिका, तारापाका, एन्टोफागास्टा र अटाकामा क्षेत्रहरूमा महसुस गरिएको थियो।
चिली विश्वकै सबैभन्दा बढी भूकम्पको जोखिममा रहेको देशहरूमध्ये एक हो। यहाँको जमिनमुनि नाज्का (Nazca), दक्षिण अमेरिकी र अन्टार्कटिक गरी तीन वटा टेक्टोनिक प्लेटहरू निरन्तर एकआपसमा जुध्ने प्रक्रिया चलिरहने भएकाले यहाँ बारम्बार भूकम्प गइरहन्छ। भौगोलिक संवेदनशीलताका कारण अभ्यस्त भइसकेका चिलीका नागरिकहरू सामान्यतया ७.० म्याग्निच्युडभन्दा कम शक्तिका भूकम्पलाई ठूलो चिन्ताको विषय मान्दैनन्।
यसअघि सन् १९६० मा चिलीको दक्षिणी सहर भाल्डिभिया ९.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट तहसनहस भएको थियो । यसलाई अहिलेसम्म रेकर्ड गरिएको विश्वकै सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ । जसका कारण ९ हजार ५०० जनाको मृत्यु भएको थियो । त्यस्तै, सन् २०१० मा मध्य चिलीको तटीय क्षेत्रमा ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबाट आएको सुनामीका कारण ५२० भन्दा बढी मानिसको ज्यान गएको थियो ।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...












