चिलीको उत्तरी क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प
चिली। चिलीको राष्ट्रिय विपद् रोकथाम तथा प्रतिक्रिया सेवाले भूकम्प लगत्तै सूचना जारी गर्दै समुद्री तटीय क्षेत्रमा सुनामीको कुनै जोखिम नरहेको प्रष्ट पारेको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार भूकम्पको कडा धक्का अरिका, तारापाका, एन्टोफागास्टा र अटाकामा क्षेत्रहरूमा महसुस गरिएको थियो।
चिली विश्वकै सबैभन्दा बढी भूकम्पको जोखिममा रहेको देशहरूमध्ये एक हो। यहाँको जमिनमुनि नाज्का (Nazca), दक्षिण अमेरिकी र अन्टार्कटिक गरी तीन वटा टेक्टोनिक प्लेटहरू निरन्तर एकआपसमा जुध्ने प्रक्रिया चलिरहने भएकाले यहाँ बारम्बार भूकम्प गइरहन्छ। भौगोलिक संवेदनशीलताका कारण अभ्यस्त भइसकेका चिलीका नागरिकहरू सामान्यतया ७.० म्याग्निच्युडभन्दा कम शक्तिका भूकम्पलाई ठूलो चिन्ताको विषय मान्दैनन्।
यसअघि सन् १९६० मा चिलीको दक्षिणी सहर भाल्डिभिया ९.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट तहसनहस भएको थियो । यसलाई अहिलेसम्म रेकर्ड गरिएको विश्वकै सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ । जसका कारण ९ हजार ५०० जनाको मृत्यु भएको थियो । त्यस्तै, सन् २०१० मा मध्य चिलीको तटीय क्षेत्रमा ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबाट आएको सुनामीका कारण ५२० भन्दा बढी मानिसको ज्यान गएको थियो ।
Comments
अरु समाचार
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
Renewing Efforts on a New Great Journey: Commemorating 77th Anniversary of Founding of People’s Republic of China
Beijing,(Xinhua): The golden wind is refreshing, and the mountains and rivers are beautiful. As we embark on a new journey...
-
नयाँ महान् यात्रामा नयाँ प्रयास, जनवादी गणतन्त्र चीन स्थापनाको ७७औँ वार्षिकोत्सव मनाउँदै
बेइजिङ । शरद् ऋतुको सुनौलो हावा शीतल छ र चीनका पहाड तथा नदीहरू सुन्दर देखिएका छन्। नयाँ यात्रामा अघि बढ्दै...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...













