कक्षा १२ को नतिजा परीक्षा सकिएको ४५ दिनभित्र सार्वजनिक गरिने
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनसम्बन्धी कामलाई तीव्रता दिएको छ । परीक्षा सकिएको दुई साता मात्रै भएको छ । यसबिचमा बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित ५० प्रतिशतभन्दा धेरै काम सकिसकेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणको काम आधाभन्दा बढी सकिइसकेको छ ।
परीक्षण भइसकेको उत्तरपुस्तिकाको प्राप्ताङ्क सम्परीक्षणसमेत भएर कम्प्युटरमा प्रविष्ट गर्ने कामसमेत सकिएको छ । जुन जुन विषयको उत्तरपुस्तिका परीक्षण सकिन्छ, त्यसको सम्परीक्षण पनि तत्कालै सुरु गर्ने र सम्परीक्षण सकिनेबित्तिकै प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टको काम पनि भइरहेको शर्माले जानकारी दिनुभयो ।
नतिजा प्रकाशनलाई छरितो बनाउन बोर्डले परीक्षा सकिएको दिनदेखि नै उत्तरपुस्तिका परीक्षण सुरु गरेको थियो । मुलुकभरका विभिन्न ४२ केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ । नियन्त्रक शर्माले भन्नुभयो, “नतिजा प्रकाशनको काम परीक्षा सकिएको ४५ दिनभन्दा पर पुग्दैन । सकेसम्म त्योभन्दा पनि छिटो प्रकाशन गर्ने गरी काम गरिरहेका छौँ ।”
परीक्षामा मुलुकभरबाट चार लाख १८ हजार परीक्षार्थी सहभागी भएका थिए । बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा पनि परीक्षा सकिएको २९ दिनमै प्रकाशन गरेको थियो । जुन एसइईको इतिहासमै सबैभन्दा छोटो समयमा नतिजा प्रकाशन भएको हो । यसअघि एसइई र कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन हुन सामान्यतया परीक्षा सकिएपछि तीन महिना लाग्ने गरेको थियो ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












