कक्षा १२ को नतिजा परीक्षा सकिएको ४५ दिनभित्र सार्वजनिक गरिने
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनसम्बन्धी कामलाई तीव्रता दिएको छ । परीक्षा सकिएको दुई साता मात्रै भएको छ । यसबिचमा बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित ५० प्रतिशतभन्दा धेरै काम सकिसकेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणको काम आधाभन्दा बढी सकिइसकेको छ ।
परीक्षण भइसकेको उत्तरपुस्तिकाको प्राप्ताङ्क सम्परीक्षणसमेत भएर कम्प्युटरमा प्रविष्ट गर्ने कामसमेत सकिएको छ । जुन जुन विषयको उत्तरपुस्तिका परीक्षण सकिन्छ, त्यसको सम्परीक्षण पनि तत्कालै सुरु गर्ने र सम्परीक्षण सकिनेबित्तिकै प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टको काम पनि भइरहेको शर्माले जानकारी दिनुभयो ।
नतिजा प्रकाशनलाई छरितो बनाउन बोर्डले परीक्षा सकिएको दिनदेखि नै उत्तरपुस्तिका परीक्षण सुरु गरेको थियो । मुलुकभरका विभिन्न ४२ केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ । नियन्त्रक शर्माले भन्नुभयो, “नतिजा प्रकाशनको काम परीक्षा सकिएको ४५ दिनभन्दा पर पुग्दैन । सकेसम्म त्योभन्दा पनि छिटो प्रकाशन गर्ने गरी काम गरिरहेका छौँ ।”
परीक्षामा मुलुकभरबाट चार लाख १८ हजार परीक्षार्थी सहभागी भएका थिए । बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा पनि परीक्षा सकिएको २९ दिनमै प्रकाशन गरेको थियो । जुन एसइईको इतिहासमै सबैभन्दा छोटो समयमा नतिजा प्रकाशन भएको हो । यसअघि एसइई र कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन हुन सामान्यतया परीक्षा सकिएपछि तीन महिना लाग्ने गरेको थियो ।
Comments
अरु समाचार
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
‘विपद् व्यवस्थापानको काममा निरन्तरता, चाँडोभन्दा चाँडो सक्ने प्रयास
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...
-
मधेसमा दुई महिनामा ४५९ विपद्का घटना, ९२ जनाको ज्यान गयो
जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई महिनामै विपद्का ४५९ घटना भएका छन् । ती घटनामा...













