इरान शीघ्र सम्झौतामा नआए पुनः सैन्य आक्रमण गरिनेछ: ट्रम्प
वाशिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति आफू अझै ‘सन्तुष्ट नभएको’ बताएका छन् । द्वन्द्व अन्त्यका लागि सम्झौता गर्न तेहरान ‘निकै उत्सुक’ देखिए पनि अहिलेसम्म सहमति नजुटिसकेको ट्रम्पको भनाइ छ । सम्झौता हुन नसके वासिङ्टनले पुनः सैन्य आक्रमण सुरु गर्न सक्ने चेतावनी उनले दोहोर्याएका छन् ।
इरानी सरकारी टेलिभिजनले एउटा मस्यौदा सम्झौताको विवरण सार्वजनिक गरेलगत्तै ट्रम्पको यस्तो भनाइ आएको हो । उक्त कथित मस्यौदामा हर्मुज जलडमरुमध्य (स्ट्रेट अफ हर्मुज) पुनः खोल्ने र उक्त क्षेत्रबाट अमेरिकी सेना फिर्ता हुने उल्लेख थियो । ह्वाइट हाउसले भने उक्त विवरणलाई ‘पूर्ण रूपमा कपोलकल्पित’ भन्दै खारेज गरिदिएको छ ।
गत साताको अन्त्यतिर दुवै पक्षले वार्तामा प्रगति भएको संकेत गरेपछि छिट्टै सम्झौताको घोषणा हुन सक्ने अड्कलबाजी गरिएको थियो । तर, तेहरानले तत्कालै सम्झौता भइहाल्ने अवस्था नरहेको प्रस्टायो भने ट्रम्पले पनि आफ्ना वार्ताकारहरूलाई ‘हतार नगर्न’ निर्देशन दिएको बताएका थिए ।
बुधबार मन्त्रिपरिषद् बैठकमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “उनीहरू जसरी पनि सम्झौता गर्न चाहन्छन्- मलाई लाग्दैन कि उनीहरूसँग अन्य कुनै विकल्प छ । उनीहरू निकै कमजोर अवस्थामा पुगेर वार्ता गरिरहेका छन् ।” उनले अगाडि थपे, “अहिलेसम्म कुरा मिलिसकेको छैन र हामी यसबाट सन्तुष्ट छैनौँ, तर पछि हुन सक्छौँ । कि त सम्झौता हुनुपर्छ, नत्र हामीले यो कामलाई टुंगोमा पुर्याउनुपर्ने हुन्छ ।”
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि वार्तामा ‘केही प्रगति र चासो’ देखिएको उल्लेख गर्दै आगामी केही घण्टा वा दिनभित्र थप प्रगति हुन्छ वा हुँदैन भन्ने कुरा प्रस्ट हुने बताएको बिबिसीले उल्लेख गरेको छ । ट्रम्प र रुबियो दुवैले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको भन्दै आशावादी त देखिए, तर दुई देशबीच कुन-कुन विषयमा असहमति कायम छ भन्नेबारे विस्तृत विवरण भने दिएनन् ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












