ताजा समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार मकाउको ग्यालेक्सी एरेनामा भएको क्‍वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै रविन्द्र सेमिफाइनलमा पुगेका हुन् ।

रविन्द्रलाई समर्थन गर्न हजारौं नेपाली समर्थकहरू पुगेका थिए । ‘बझाङको बाघ’ भनेर समेत चिनिने रविन्द्र ढाँट रविन्द्र रोड टु युएफसीमा फाइट जित्ने पहिलो नेपाली फाइटर समेत बनेका छन् । रविन्द्रले सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग खेल्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org