ताजा समाचार

स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !

काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष रहने बढुवा समिति अनुरुप तात्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८२ मंसिरमा अतिरिक्त सचिव (बाह्रौँ तह) का लागि बढुवाको दरखास्त माग गरेको थियो।

आठ महिना बितीसक्दा पनि स्वास्थ्य मन्त्रालयभित्र बढुवा प्रक्रिया टुंग्याउन बाँसको टुप्पोमा खिचडी पकाएजस्तै बनेको छ। नीति, नियम, पारदर्शिता, निष्पक्षता, कुशलता तथा कार्य सम्पादनमा देसभरिका स्वास्थ्य निकायहरुका लागि एउटा उदाहरण बन्नुपर्ने मन्त्रालय यतिसम्म अधम, लाचार र निकम्मा छ भन्ने यो एउटा पछिल्लो उदारहण हो।

कर्मचारीहरुको बढुवा नतिजाहरू नितान्त वृत्ति विकास, आत्मा सम्मान र प्रणालीसँग जोडिएको विषयमा पनि यस तहको लापरबाही हुनु सम्पूर्ण स्वास्थ्यका कर्मचारीहरुका लागि पनि अत्यन्तै दुःखद तथा निराशाको विषय बनेको छ।

मंसिरमा खुलेको सूचना बल्ल-बल्ल लोकसेवा आयोगको सदस्यको अध्यक्षतासहितको समितिले डा. सुधा देवकोटा र डा. विनोद विन्दु शर्मा लाई सिफारिस गरेको पनि करिव २० दिन बितिसक्यो, अझै मन्त्रिपरिषदमा प्रस्ताव लगि टुंग्याउने तरखर छैन। अन्य धेरै मन्त्रालयहरूले बढुवा प्रक्रियालाई विशेष प्राथमिकतामा राखी टुंग्याएको विषयले कुनै प्रभाव पार्दैन स्वास्थ्य मन्त्रालयलाई।

उसलाई न त नयाँ सरकार आएको थाहा छ न त समयमा नै कार्य सम्पादन गर्ने जिम्मेवारी नै महसुस गर्छ। नयाँ मन्त्री र मन्त्रीको टीमलाई गुमराहमा राख्ने, बहानाबाजी गर्ने, अनावश्यक कुतर्क निकाल्ने र निर्णयलाई बन्धक बनाई मन्त्रालयलाई निकम्मा बनाउने गिरोहबाट स्वास्थ्य मन्त्री वाहिर निस्कन सक्नु पर्दछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org