ताजा समाचार

फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो

 

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा भएको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै मोरक्को विजयी भएको हो ।

मोरक्कोका लागि इस्माइल साईबारीले एक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा इस्माइलले गरेको गोल नै मोरक्कोको जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै मोरक्को दुई खेलबाट ४ अंकसहित समूह सी को शीर्षस्थानमा रहेको छ । पहिलो खेलमा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो भने स्कटल्याण्डले हाइटीलाई हराएको थियो ।

यसै समूहमा रहेका ब्राजिल र हाइटीबीचको खेल शनिबार बिहान सवा ६ बजे सुरु हुँदैछ । समूह सी मा नकआउट चरणका लागि यी दुई टोलीबीचको खेलको परिणाम निकै रोचक बन्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org