संखुवासभामा जन्मिएका सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस
काठमाडौं। संवैधानिक परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गरेको छ। कार्की दुईदेखि सर्वोच्च अदालतमा रजिस्टार (विशिष्ट श्रेणीको सचिव सरह) को रूपमा कार्यरत थिए। कानून, न्यायसँगै चुस्त प्रशासनिक क्षमता भएका कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएसँगै निर्वाचन आयोगले करिव १४ महिनादेखि रिक्त प्रमुख पाउने भएको छ ।
संयोगले संखुवासभाले लगातार दोस्रो प्रमुख निर्वाचन आयुक्त पाएको छ। कार्की संखुवासभाको माम्लिङमा जन्मिएका हुन्। पुर्खौली घर संखुवासभा भए पनि कार्कीको परिवार हाल मोरङ जिल्लाको रतुवामाई (साबिकको इटहरा गा.वि.स.) गाउँपालिका तथा विराटनगर उपमहानगरपालिकामा बसोबास गर्दै आएको छ। यसअघिका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया पनि संखुवासभाकै थिए। थपिलयाले प्रमुख निर्वाचन आयुक्तको आफ्नो ६ वर्षे कार्यकाल २०८२ बैशाख ५ गते पूरा गरी अवकास पाएका थिए।
‘नबिराउनू, नडराउनू’को सिद्धान्त बोकेका कार्की न्याय प्रशासनमा निडर र हक्की स्वभावले परिचित छन्। २०२६ साल साउन १८ गते जन्मिएका कार्की २०५२ साल पुस २६ गते न्याय सेवाको अधिकृत पदमा नियुक्त भएका थिए। त्यसपछि उनले विभिन्न तहमा जिम्मेवारी निर्वाह गर्दै २०७१ साल माघ २९ गते सहसचिव भएका थिए ।
उनले सर्वोच्च अदालत सहरजिस्ट्रार र उच्च अदालत पाटनको रजिस्ट्रारका रूपमा समेत काम गरिसकेका थिए। न्याय प्रशासनमा उनको कार्यशैली इमान्दार, निष्पक्ष र दक्ष प्रशासकका रूपमा परिचित रहेको छ। सर्वोच्च अदालतको रजिस्ट्रार पदबाट राजीनामा दिएर संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि अनुमोदनपछि कार्की राष्ट्रपतिबाट प्रमुख निर्वाचन आयुक्तमा नियुक्त हुनेछन्।
यसैगरी संवैधानिक परिषद्ले रिक्त निर्वाचन आयुक्तमा नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) डा. राजीव सुब्बा र पूर्व सरकारी वकिल (सहसचिव स्तर) गुरु वाग्लेलाई सिफारिस गरेको छ। डा. सुब्बा नेपाल प्रहरीमा सूचना प्रविधि (आईटी) विशेषज्ञका रूपमा लामो समय कार्यरत रहेर डीआईजी पदबाट अवकाश प्राप्त गरेका हुन्। अवकाशपछि उनी हाल मदन भण्डारी प्राविधिक विश्वविद्यालयसँग आबद्ध छन्। सूचना प्रविधि र प्रशासनिक व्यवस्थापनमा उनको लामो अनुभव रहेको छ। त्यस्तै ओखलढुंगाका गुरु वाग्लेले निर्वाचनसम्बन्धी कानून, प्रक्रिया तथा प्रशासनमा लामो अनुभव हासिल गरेका छन्।
Comments
अरु समाचार
-
सरकारका सय दिने उपलब्धि: मन्त्रालय घटाउँदा मात्रै २० अर्ब बचत
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
कर्तव्य ज्यान मुद्दाका दोषी पूर्व सांसद कोइरी जेल चलान
गौशाला (महोत्तरी)।महोत्तरी प्रहरीले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरी...
-
मन्त्रीसँगै सचिवालय सदस्य हेरफेरको तयारीमा प्रधानमन्त्री, विवाद सतहमा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्मा सम्भावित हेरफेरसँगै आफ्नै सचिवालय पुनर्गठन गर्ने तयारी गरेको खबर बाहिरिएको छ । मन्त्रिपरिषद् र...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
नेपाल प्रहरीका आठ एआईजीको सरुवा, विभिन्न विभागमा नयाँ जिम्मेवारी
काठमाडौं । सरकारले नेपाल प्रहरीका आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । बिहीबार (असार १८) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को...











