भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर रक्षामन्त्री सिंहले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक पुस्तिकामा हस्ताक्षर गरेका हुन्। उनले भारत सरकार तथा भारतीय जनताका तर्फबाट नेपाल सरकार र सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
गत भदौ १० गते आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिंहले प्राकृतिक विपत्तिबाट नेपाली नागरिकका साथै भारतीयलगायत अन्य विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गरेका छन्। उनले विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति प्रार्थना तथा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
सिंहले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’मार्फत नेपालप्रतिको भारतको ऐक्यबद्धता समेत व्यक्त गरेका छन्। नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई स्मरण गर्दै उनले भारत सधैं नेपालको सुख–दुःखको साथीका रूपमा उभिँदै आएको बताएका छन्। उनले कठिन परिस्थितिमा पनि भारत नेपालका नागरिकसँग काँधमा काँध मिलाएर उभिएको उल्लेख गर्दै नेपालको खोज, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा सहयोग गर्न भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
Comments
अरु समाचार
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भोटेकोशी बाढी प्रभावित ११ हजारभन्दा बढीको उद्धार, तीन हजार ९२५ जना सम्पर्कविहीन
काठमाडौँ। बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ११ हजारभन्दा बढी नागरिकको उद्धार गरिएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...
-
रसुवा–नुवाकोट बाढी क्षतिको स्थलगत अध्ययन प्रतिवेदन अध्यक्ष ओलीलाई
काठमाडौं । नेकपा (एमाले) ले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिको स्थलगत अध्ययन गरी तयार पारिएको प्रतिवेदन...
-
भोटेकोसी बाढीमा डुबेको कृषि विकास बैंकको नगद र सुन सुरक्षित
काठमाडौं । काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट करिब १...
-
बाढी प्रभावितका लागि ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने इप्पानको निर्णय, उद्धार कोषमा कुन समूहले कति जम्मा गरे ?
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) एवं इप्पान सम्बद्ध जलविद्युत् कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५...
-
प्राकृतिक विपत्तिको यस कठिन घडीमा कसैले पनि राजनीति नगरौं : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपत्तिको यस कठिन घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ।...
-
रसुवा बाढी पीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गर्यो ४ करोड १ लाख रुपैयाँ सहयोग
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवा बाढी पिडितका लागि ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा...
-
चितवनमा शव व्यवस्थापनबारे कोशहरी निरौलाको सुझाव : ‘हतार गरेर नगाडौं, लासको सम्मानपूर्वक सद्गत गराउन केही समय धैर्य गरौं’
काठमाडौं । भोटेकोशी बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको शव हतारमा व्यवस्थापन गरिएको भन्दै नेपाल सरकारका वरिष्ठ अधिकारी कोशहरी निरौलाले यस...
-
इरानमाथि अमेरिकाको कडा आर्थिक दबाब, राष्ट्रिय हितमा सम्झौता नगर्ने अडानमा इरान
काठमाडौं । अमेरिकाले इरानमाथि आर्थिक दबाब थप कडा बनाउँदै विश्वभर रहेका उसका आयस्रोत र व्यापारिक सञ्जाललाई निशाना बनाइरहेका बेला तेहरानले...












