इरानमाथि अमेरिकाको कडा आर्थिक दबाब, राष्ट्रिय हितमा सम्झौता नगर्ने अडानमा इरान
काठमाडौं । अमेरिकाले इरानमाथि आर्थिक दबाब थप कडा बनाउँदै विश्वभर रहेका उसका आयस्रोत र व्यापारिक सञ्जाललाई निशाना बनाइरहेका बेला तेहरानले अमेरिकी दबाबमा नझुक्ने अडान दोहोर्याएको छ ।
अमेरिका र इरानबीच चलिरहेको तनावका बीच तेहरानले अमेरिकाले लगाएका ‘अन्यायपूर्ण’ आर्थिक प्रतिबन्धविरुद्ध दृढतापूर्वक उभिने जनाएको छ । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले विदेशी व्यापारमा उल्लेख्य गिरावट आएको स्वीकार गर्नुभएको छ भने देशमा मुद्रास्फीति पनि उच्च स्तरमा पुगेको छ ।
तर, तेहरानले आर्थिक दबाबका बाबजुद आत्मसमर्पण नगर्ने जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानले वार्ताको ढोका बन्द नगरेको भए पनि आफ्नो राष्ट्रिय सुरक्षा र हितमा सम्झौता नगर्ने स्पष्ट पारेको छ । इरानी सेनाले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिएको होर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको दाबी गरेको छ । अमेरिकाले भने इरानमाथि आर्थिक दबाब अझै बढाउने नीति लिएको छ ।
वासिङ्टनले इरानसँग व्यापार वा आर्थिक कारोबार गर्ने विदेशी संस्था र देशमाथि समेत कारबाही हुन सक्ने चेतावनी दिएको छ । अमेरिकी रणनीतिको उद्देश्य इरानलाई आर्थिक रूपमा थप एक्ल्याउँदै वार्तामा फर्कन दबाब दिनु रहेको विश्लेषकहरूको भनाइ छ । युद्ध शुरु भएको ६ महिना भइसक्दा पनि कुनै पनि पक्ष पछि हट्ने संकेत देखिएको छैन । यद्यपि, पाकिस्तान र कतारजस्ता क्षेत्रीय देशहरूले दुवै पक्षबीच संवाद पुनः सुरु गराउन कूटनीतिक प्रयास जारी राखेका छन् ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












