बाढी प्रभावितका लागि ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने इप्पानको निर्णय, उद्धार कोषमा कुन समूहले कति जम्मा गरे ?
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) एवं इप्पान सम्बद्ध जलविद्युत् कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले गरेको आब्हान अनुसार रसुवा नुवाकोट लगायतका जिल्लामा आएको बाढीबाट प्रभावितहरुको उद्धार तथा राहतका लागि रकम संकलन भएको छ ।
प्राप्त रकमको विवरण हेर्दा बढी रकमको अपेक्षा गरिएको संस्था तथा सहयोगकर्ताबाट एकदमै कम आर्थिक सहयोग गरिएको छ । यस्तै कम आयस्रोत भएका तथा कम अपेक्षा गरिएका केही संस्था तथा सहयोगकर्ताले बढी रकम जम्मा गरेको तथ्यांकले देखाएको छ ।
इप्पानले आब्हान गरेअनुसार विभिन्न संस्था\सहयोगकर्ताबाट प्राप्त रकमको विवरण :-
‘ऊर्जा क्षेत्र नेपालको समृद्धिसँग मात्र होइन, नेपाली जनताको सुख-दुःखसँग पनि जोडिएको क्षेत्र हो । विपद्को समयमा सम्पूर्ण सदस्य कम्पनीहरू एकजुट हुँदा त्यसले पीडित परिवारको जीवनमा ठूलो राहत र आशाको सञ्चार गर्न सक्छ’, इप्पानको विज्ञप्तिमा भनिएको छ,’यस मानवीय अभियानमा इप्पानका सम्पूर्ण सदस्य कम्पनीहरूको सक्रिय र उदारपूर्वक सहयोग गर्न अनुरोध गर्दछौँ ।’
इप्पानको बिहीबार बसेको २०६औँ बैठकले बुधबार भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा चितवन, तनहुँ लगायत जिल्लामा दिवंगत भएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली एवं घाइतेप्रति शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । ‘बाढीबाट सञ्चालनमा रहेका र निर्माणाधीन धेरै विद्युत आयोजनाहरुमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्नुका साथै ज्यान गुमाएका कर्मचारी र मजदूरप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको’, विज्ञप्तिमा उल्लेख छ । क्षतिमा भएका जलविद्युत् आयोजनाको पुर्ननिर्माण र पुर्नस्थापनामा सरकारसँग समन्वय गरी आवश्यक सहायता गर्ने समेत इप्पानले जनाएको छ ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...













