‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत कार्यमा सक्रिय सहयोग जारी राखेको छ । विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी गराएका हुन् ।
सिन्ह्वाका एकजना पत्रकारले सीमावर्ती जिलोङ क्षेत्रमा गएको हिमपहिरो तथा त्यसपछिको बाढीबाट उत्पन्न विपद्को उद्धार कार्य एवम् विदेशी नागरिकको उद्धार प्रयासबारे थप जानकारी माग्ने क्रममा प्रवक्ता गुओले नेपाल–चीन सीमा क्षेत्रमा अचानक हिम ताल भत्किँदा आएको भीषण पहिरो तथा बाढीले चीन र नेपाल दुवैतर्फ ठूलो जनधनको क्षति तथा मानिसहरू बेपत्ता भएको उल्लेख गरे ।
उनका अनुसार चीनले सीमासँगैको आफ्नै क्षेत्रमा आपत्कालीन उद्धार कार्य सञ्चालन गर्नुका साथै नेपालमा भएको विपद्प्रति तत्काल चासो देखाउँदै आपत्कालीन राहतमा सहयोग गरेको छ । राष्ट्रपति सि चिनफिङले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएको तथा प्रधानमन्त्री लि छ्याङले पनि नेपालका प्रधानमन्त्रीप्रति समवेदना व्यक्त गरेको उनले बताए ।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक ब्युरोले नेपालका विपद् प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउन तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउन निर्देशन दिएको गुओले जानकारी दिए । अस्ति चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन वार्ता गर्दै चीन र नेपालले विपद्को सामना गर्न दृढतापूर्वक एकअर्काको साथमा उभिनुपर्ने र ठोस कदममार्फत परम्परागत मित्रता प्रदर्शन गर्नुपर्नेमा जोड दिएका थिए ।
चीन सरकारले नेपाललाई आपत्कालीन नगद सहायता तथा मानवीय सहायता उपलब्ध गराइसकेको छ । पहिलो चरणमा पठाइएको ५० टन राहत सामग्री पनि हिजो बिहान काठमाडौं आइपुगेको छ ।त्यस्तै, सुरुङ उद्धारका विशेषज्ञसहित गठित दुईवटा चिनियाँ उद्धार टोली नेपालका विपद् प्रभावित क्षेत्रमा पुगेर उद्धार कार्यमा जुटेका छन्। चीनले नेपाललाई विपद् प्रभावित क्षेत्रका तस्बिर, भू–उपग्रह तथा जलविज्ञानसम्बन्धी तथ्याङ्कलगायत महत्वपूर्ण सूचना उपलब्ध गराएको पनि गुओले बताए। यसमा माथिल्लो क्षेत्रमा बनेको बाढीको तालसम्बन्धी पूर्वसूचना तथा चेतावनीसम्बन्धी जानकारी समेत रहेको उनले बताए।
बाढीपछि चीनमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो स्वदेश फर्काउन चीनले आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ। गुओका अनुसार आज मध्याह्नसम्म नेपालका प्रभावित क्षेत्रमा सम्पर्कमा आएका सबै चिनियाँ नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
अहिले चीनले स्वदेश तथा नेपालमा बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि हरसम्भव प्रयास गरिरहेको बताए। साथै चीनमा रहेका विदेशी दूतावासहरूसँग नजिकको समन्वय र सम्पर्क कायम राख्दै बेपत्ता विदेशी नागरिकको पहिचान तथा व्यवस्थापनमा संयुक्त रूपमा काम भइरहेको उनले जानकारी दिए।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












