भोटेकोशी बाढी: उत्पादन क्षेत्रमा १ खर्ब ५० अर्ब रुपियाँको क्षति !
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा रु एक खर्ब ५० अर्ब ३७ करोड २९ लाख बराबरको क्षति भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उत्पादन क्षेत्रमा परेको क्षतिको पुनरुत्थानका लागि रु ५० अर्ब ७७ करोड ३५ लाख आवश्यक पर्ने देखिएको छ । जसमध्ये आर्थिक गतिविधि र जीवनयापनमा सबैभन्दा बढी ९७.२२ प्रतिशत असर पुगेको छ ।
त्यसैगरी, पशुधनमा ०.९६ प्रतिशत, कृषिमा ०.७३ प्रतिशत र बैङ्किङ क्षेत्रमा ०.६१ प्रतिशत असर पुगेको छ । कृषि क्षेत्रमा एक हजार ८०६ हेक्टरमा रहेको बाली नोक्सान भएको छ । जसमध्ये सिँचाइयोग्य जमिन ६९७.०५ हेक्टर क्षेत्रफल छ । कृषि क्षेत्रमा रु एक अर्ब नौ करोड ३० लाखको क्षति भएको छ । यसको पुनरुत्थानका लागि रु एक अर्ब ४२ करोड लाग्ने अनुमान छ ।
प्राधिकरणका अनुसार माछापालन व्यवसायमा पनि असर परेको छ । माछापालन क्षेत्रमा कुल ७१ करोडको क्षति पुगेको छ । जसमा पशुपालन, कुखुरा पालन बढी प्रभावित भएको जनाइएको छ । यो क्षेत्रको पुनरुत्थानका लागि रु एक अर्ब ७३ करोड लाग्ने अनुमान छ । बाढीका कारण बैङ्कका १७ वटा शाखा कार्यालय प्रभावित भएका छन् । जसमा कुल रु ९१ करोड ९९ लाखको क्षति भएको छ । यसको पुनरुत्थानका लागि एक अर्ब आठ करोड आवश्यक छ ।
आर्थिक गतिविधि र जीवननिर्वाहका क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीका कारण चार हजार ८०० व्यवसाय प्रभावित भएका छन् । यो क्षेत्रले एक खर्ब ६ अर्ब १९ करोड क्षति बेहोरेको छ भने यसको पुनरुत्थानका लागि रु ४५ अर्ब ४५ करोड लाग्ने अनुमान छ । रासस
Comments
अरु समाचार
-
पाँच सुधार प्याकेज : शिथिल अर्थतन्त्रलाई गति दिने सरकारको परीक्षा
काठमाडौं। अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारले पाँचवटा विशेष सुधार प्याकेज अघि बढाउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल...
-
सुरुङभित्र फसेकाको उद्धारमा सबैभन्दा ठूलो समस्या के ? टनलिङ एसोसिएसनले सार्वजनिक गर्यो कारण
काठमाडौं । उद्धारकर्मीहरू यो समाचार तयार पारुञ्जेलसम्म विभिन्न सुरुङ संरचनाभित्र फसेका हुनसक्ने मानिसहरूको खोजीमा जुटिरहेका छन्। तर, सुरुङभित्र फसेकाहरूको खोजी...
-
बाढीपछिको पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब रुपियाँ आवश्यक, अर्थसचिव उपाध्याय भन्छन्- बजेट अभाव हुन्न
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि पुनर्निर्माणका लागि सरकारले सात खर्ब २३ अर्ब ३१ करोड ५२...
-
गृहमन्त्री गुरुङको अभिव्यक्तिविरुद्ध मानवअधिकारकर्मीको कडा आपत्ति, गृहमन्त्रीले के भनेका थिए ?
काठमाडौं । गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिको अधिकारकर्मीहरुले विरोध जनाएका छन् । गृहमन्त्रीले धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै मानव अधिकारकर्मी, वरिष्ठ कानुन...
-
ग्यास अभाव भएपछि अनौठो विरोधको शैली, दाउरा बालेर क्याम्पस अगाडि खाना
काठमाडौं । खाना पकाउने ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंमा अनौठो शैलीमा सरकारको विरोध गरेको छ। ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण...
-
न्यायाधीश रेग्मी र अख्तियार प्रमुखविरुद्धको महाअभियोग रितपूर्वक छैन: संसद महासचिव पाण्डे
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईमाथि महाभियोगको माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता भएको...
-
बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट: वायुसेवा निगम
काठमाडौं । नेपाल वायुसेवा निगमले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने निगमसम्बन्धी सम्पूर्ण...
-
रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको तयारी तीव्र: अर्थसचिव डा. उपाध्याय
काठमाडौँ । भोटेकोशी बाढीपछि ३३ देशले राहत तथा उद्धार सामग्री दिएको अर्थसचिव डा. घनश्याम उपाध्यायले जानकारी दिएका छन् । अर्थ...
-
कर्णालीका वन सचिव कर्ण, सुर्खेतको डिएफओ दास प्रधानमन्त्री कार्यालय र अख्तियारभन्दा माथि !
काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्ण, डिभिजन वन कार्यालयका डिएफओ राधाकृष्ण दास र...












