भोटेकोशी बाढी: उत्पादन क्षेत्रमा १ खर्ब ५० अर्ब रुपियाँको क्षति !
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा रु एक खर्ब ५० अर्ब ३७ करोड २९ लाख बराबरको क्षति भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उत्पादन क्षेत्रमा परेको क्षतिको पुनरुत्थानका लागि रु ५० अर्ब ७७ करोड ३५ लाख आवश्यक पर्ने देखिएको छ । जसमध्ये आर्थिक गतिविधि र जीवनयापनमा सबैभन्दा बढी ९७.२२ प्रतिशत असर पुगेको छ ।
त्यसैगरी, पशुधनमा ०.९६ प्रतिशत, कृषिमा ०.७३ प्रतिशत र बैङ्किङ क्षेत्रमा ०.६१ प्रतिशत असर पुगेको छ । कृषि क्षेत्रमा एक हजार ८०६ हेक्टरमा रहेको बाली नोक्सान भएको छ । जसमध्ये सिँचाइयोग्य जमिन ६९७.०५ हेक्टर क्षेत्रफल छ । कृषि क्षेत्रमा रु एक अर्ब नौ करोड ३० लाखको क्षति भएको छ । यसको पुनरुत्थानका लागि रु एक अर्ब ४२ करोड लाग्ने अनुमान छ ।
प्राधिकरणका अनुसार माछापालन व्यवसायमा पनि असर परेको छ । माछापालन क्षेत्रमा कुल ७१ करोडको क्षति पुगेको छ । जसमा पशुपालन, कुखुरा पालन बढी प्रभावित भएको जनाइएको छ । यो क्षेत्रको पुनरुत्थानका लागि रु एक अर्ब ७३ करोड लाग्ने अनुमान छ । बाढीका कारण बैङ्कका १७ वटा शाखा कार्यालय प्रभावित भएका छन् । जसमा कुल रु ९१ करोड ९९ लाखको क्षति भएको छ । यसको पुनरुत्थानका लागि एक अर्ब आठ करोड आवश्यक छ ।
आर्थिक गतिविधि र जीवननिर्वाहका क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीका कारण चार हजार ८०० व्यवसाय प्रभावित भएका छन् । यो क्षेत्रले एक खर्ब ६ अर्ब १९ करोड क्षति बेहोरेको छ भने यसको पुनरुत्थानका लागि रु ४५ अर्ब ४५ करोड लाग्ने अनुमान छ । रासस
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












