भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरणमा तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले हालै सार्वजनिक भएको उक्त अडिओप्रति सरकार र सदनको गम्भीर ध्यानाकर्षण गराएकी हुन्।
सांसद संग्रौलाका अनुसार कञ्चनपुरका भन्सार अधिकृतले भन्सार क्षेत्रमा गाडी नियन्त्रणमा लिएको विषयलाई लिएर कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसँग अत्यन्तै तल्लो स्तरको तथा धम्कीपूर्ण भाषा प्रयोग गरेको विषय सार्वजनिक भएको छ। उनका अनुसार उक्त संवादमा सम्बन्धित कर्मचारीले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरीका महानिरीक्षक र गृहमन्त्रीप्रति समेत आपत्तिजनक भाषा प्रयोग गरेको बताइएको छ।
संग्रौलाले ‘स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको आशयसमेत स्पष्ट पार्न आवश्यक रहेको बताइन्। उनले उक्त अभिव्यक्तिले फोन गर्ने, भेटेर आक्रमण गर्ने वा पदमाथि कारबाही गर्ने भन्ने के अर्थ राख्छ भन्ने विषयमा समेत अनुसन्धान हुनुपर्ने धारणा राखिन्। सीमा क्षेत्रमा राजस्व चुहावट नियन्त्रणका लागि खटिएका सुरक्षा अधिकारीप्रति भन्सार अधिकृतबाटै गैरजिम्मेवार र धम्कीपूर्ण भाषा प्रयोग भएको भए त्यो गम्भीर विषय हुने उनको भनाइ छ। सुरक्षा निकाय र राजस्व प्रशासनले आ–आफ्नो जिम्मेवारी र अधिकारक्षेत्रभित्र रहेर काम गर्नुपर्ने तथा दुई निकायबीच मर्यादित समन्वय आवश्यक रहेको उनले बताइन्।
उक्त घटनाले राष्ट्रिय सुरक्षा निकाय, निजामती सेवाको मर्यादा तथा राज्य संयन्त्रप्रतिको जनविश्वासमा समेत असर पार्न सक्ने भन्दै संग्रौलाले अडियो प्रकरणको शीघ्र छानबिन गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले अडियोमा रहेका अभिव्यक्ति र त्यसको वास्तविकताबारे निष्पक्ष अनुसन्धान गरी आरोप पुष्टि भए सम्बन्धित कर्मचारीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरिन्। संग्रौलाले सीमा क्षेत्रमा खटिने सुरक्षा निकाय र राजस्व प्रशासनबीच उचित समन्वय कायम गर्न तथा कार्यसम्पादनका क्रममा मर्यादित वातावरण सुनिश्चित गर्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताइन्।
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...












