ताजा समाचार

धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि

धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै उमेरमा पार्टीको महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रूपमा छनोट हुँदै सापकोटाले कांग्रेसमा नयाँ पुस्ताको सक्रियता र नेतृत्वप्रतिको चासो देखाएका छन्।

युवालाई पार्टीको नेतृत्व र संगठनमा अघि बढाउने बहस चलिरहेका बेला सापकोटाको यो प्रतिनिधित्वलाई नयाँ पुस्ताको राजनीतिक सहभागिताको उदाहरणका रूपमा हेरिएको छ। २० वर्षको उमेरमै पार्टीको महत्वपूर्ण तहमा प्रतिनिधित्व गर्ने अवसर पाएका सापकोटाले युवाहरू पनि राजनीतिक नेतृत्वमा जिम्मेवारी लिन सक्षम छन् भन्ने सन्देश दिएका छन्।

धादिङ कांग्रेसमा उनको प्रतिनिधित्वले युवा पुस्तामा राजनीतिक सक्रियता बढाउन थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। स्थानीय तहदेखि पार्टी संगठनमा युवाको सहभागिता बढिरहेका बेला सापकोटाको यो यात्रा आगामी दिनमा युवा नेतृत्वको सम्भावनासँग पनि जोडिएर हेरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org