ताजा समाचार

दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै

क्षेत्रीय प्रतिनिधिमा निर्विरोध बनेका शेर्पाको अब महाधिवेशन प्रतिनिधिमा दाबी

काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । पार्टी संगठनमा लामो समयदेखि सक्रिय, नेपाली कांग्रेस दोलखा क्षेत्र नं. १ का सचिव तथा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यसमेत भइसकेका शेर्पा केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्न चाहेका हुन् ।

दोलखाको गौरीशंकर गाउँपालिका–६ लाई स्थायी बसोबास बनाउँदै आएका शेर्पा केही दिनअघि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भइसकेका छन् । स्थानीय कांग्रेस कार्यकर्ताहरूले शेर्पाको महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारीलार्ई पार्टीमा युवाको सक्रियता बढाउने अवसरका रूपमा लिएका छन्। आगामी दिनमा शिक्षा, विद्यार्थी अधिकार तथा स्थानीयस्तरका सामाजिक विषयमा थप सक्रिय भएर काम गर्ने शेर्पाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

विद्यार्थी राजनीति गर्दा शेर्पाले शिक्षा क्षेत्रमा देखिएका विकृति, विसंगति तथा विद्यार्थीका समस्याविरुद्ध प्रभावकारी रूपमा आवाज उठाएका थिए । आफूलाई महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराइए जनताका समस्याका साथै विद्यार्थी तथा युवाको हकहितका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने यु्वा नेता शेर्पाको प्रतिबद्धता छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org