पूर्व प्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति ‘सर्वोच्च अदालत पूर्ण बैठक’ को गम्भीर ध्यानाकर्षण
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई नेपाल प्रहरीका अधिकृतहरूले मध्यरातमा घरबाट उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगी करिब १० घण्टा राखिएको घटनाप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण जनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले सोमबार (असोज १२ गते) जारी गरेको प्रेस विज्ञप्तिमा यही असोज १० गते मध्यरातमा पूर्व प्रधानन्यायाधीश राणालाई घरमा सुतिरहेका बेला प्रहरीले नियन्त्रणमा लिई टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको र करिब १० घण्टापछि परिवारको जिम्मा लगाइएको उल्लेख छ।
सर्वोच्च अदालतले नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात् गरेको स्मरण गराउँदै पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, बहालवाला न्यायाधीश तथा न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाका अभिन्न अंग रहेको जनाएको छ।
विज्ञप्तिमा न्यायिक जनशक्तिप्रति राज्यका निकायहरूले गर्ने व्यवहार संवेदनशील र गम्भीर विषय हुने उल्लेख गर्दै प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता तथा सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि प्रचलित कानुनले निर्धारण गरेको उचित प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिइएको छ।
“प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अपनाएर मात्र नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको छ,” विज्ञप्तिमा भनिएको छ, “उक्त कानूनको उचित प्रक्रिया पूरा नगरी गरिने कामकारवाहीमा स्वेच्छाचारिताको प्रचुरता रहने हुँदा त्यस्तो कामकारबाहीलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न सक्दैन।”
सर्वोच्च अदालतको पूर्ण बैठकले कुनै पनि पूर्व पदाधिकारीसँग जोडेर न्याय सम्पादनका क्रममा भएका वा हुने कामकारबाहीलाई चित्रण वा सम्प्रेषण नगर्न सम्बन्धित सबै सरोकारवालासँग अनुरोधसमेत गरेको छ।
न्यायपालिकाबाट सम्पादन हुने न्याय सम्पादनलगायत हरेक कामकारबाहीमा बाह्य वा आन्तरिक कुनै पनि प्रकारको प्रभावलाई स्थान नदिइने प्रतिबद्धता व्यक्त गर्दै सर्वोच्च अदालतले यस विषयमा आम नागरिकलाई विश्वास दिलाएको छ।
उक्त निर्णय सर्वोच्च अदालतमा बसेको आकस्मिक पूर्ण बैठकले गरेको जनाइएको छ। प्रेस विज्ञप्तिमार्फत बैठकको निर्णय सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक गरिएको हो।
Comments
अरु समाचार
-
हिम्लुङ बेस क्याम्प हिमपहिरोः सम्पर्कविहीन १२ मध्ये चार मृत फेला
काठमाडौं। मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ बेस क्याम्पमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएका थप दुई जनाको शव फेला परेको छ।...
-
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरणः एमाले र राप्रपा सांसदको कडा आपत्ति
काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको विषयलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा...
-
भोटेकोशी नदीमा ज्यान गुमाएकाको डीएनए परीक्षण तीव्र, ६३ प्रतिशत प्रोफाइलिङ सकियो
काठमाडौँ। भोटेकोशी नदीले बगाएर ल्याएका मानव अङ्गको डिएनए प्रोफाइलिङ्गको काम धमाभम हुँदैछ । चिनियाँ र नेपाली वैज्ञानिकहरुको संयुक्त टोलीबाट नेपाल...
-
अविरल वर्षाका कारण मुलकभरका कुन-कुन सडक अबरुद्ध ?
काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्...
-
अपराध अनुसन्धान कार्यालयद्वारा ठूला माछा पक्राउ
काठमाडौं। पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। प्रहरी कर्मचारीले...
-
पहिरोमा परी पाल्पामा दुई जनाको ज्यान गयो, तीन बेपत्ता
रूपन्देही । अविरल वर्षासँगै आएको पहिरोमा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।...
-
प्रधानमन्त्री शाह स्वदेश फिर्ता, जलवायु संकटदेखि विश्व शान्तिसम्म कस्तो छ कूटनीतिक सन्देश ?
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको सहभागिताले नेपालको अन्तरराष्ट्रिय प्राथमिकता र कूटनीतिक चासो अभिव्यक्त गर्ने अवसर दिएको...
-
जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमतिबारे प्रश्न
काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापा जापानको स्थायी बसोबास अनुमति (पीआर) लिएका व्यक्ति रहेको तथ्य सार्वजनिक...
-
सुशासन, नागरिकमैत्री सेवा प्रवाह, विकास निर्माण लगायतमा जोड दिन मुख्य सचिव कार्कीको निर्देशन
भोजपुर । मुख्य सचिव गोविन्द्रबहादुर कार्कीले सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीलाई सुशासन कायम हुनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले...












