मधेसमा दुई महिनामा ४५९ विपद्का घटना, ९२ जनाको ज्यान गयो
जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई महिनामै विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु भएको छ भने पाँच सय भन्दा बढी परिवार प्रभावित भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आवको साउन र भदौ महिनामा भएका विपद्का घटनामा ४७ पुरुष, १९ महिला र २६ बालबालिकासहित ९२ जनाले ज्यान गुमाएका हुन् ।
उक्त अवधिमा आगलागी, बाढी, चट्याङ, करेन्ट, पानीमा डुब्ने, जङ्गली जनावरको आक्रमण, डुबानलगायत विपद्का घटना भएका छन् । विपद्का कारण मानवीय क्षतिसँगै घर, पशुचौपाया तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।
विपद्का विभिन्न घटनामध्ये करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी रहेको छ । दुई महिनाको अवधिमा करेन्ट लागेर ३९ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
त्यसैगरी पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ । जङ्गली जनावरको आक्रमणबाट पाँच जना, चट्याङ लागेर तीन जना तथा आगलागीबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य विभिन्न विपद्का घटनामा १३ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या पनि उल्लेख्य छ । बाढी, डुबान तथा पानीमा डुब्ने घटनाका साथै करेन्ट र अन्य जोखिमपूर्ण घटनामा बालबालिकासमेत पर्ने गरेका छन् ।
मधेसमा वर्षायामसँगै बाढी तथा डुबानको जोखिम बढ्ने गरेको छ । यस अवधिमा खोलानाला तथा नदीमा पानीको बहाव बढ्नुका साथै ग्रामीण क्षेत्रमा रहेका पोखरी, खाल्डाखुल्डी तथा जलाशयमा डुबेर मानिसको मृत्यु हुने गरेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार दुई महिनाको अवधिमा आगलागीका मात्रै ११२ घटना भएका छन् । आगलागीका कारण ठूलो मात्रामा धनमालको क्षति भएको छ । त्यसैगरी करेन्ट लागेका १०७ घटना भएका छन् । पानीमा डुबेका ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ तथा चट्याङका १० घटना भएको प्रहरीले जनाएको छ ।
आगलागी र करेन्टसँग सम्बन्धित घटनाको सङ्ख्या उल्लेख्य देखिए पनि यी घटनामा मानवीय क्षति न्यूनीकरणका लागि पूर्वसावधानी तथा जनचेतनाको भूमिका महत्त्वपूर्ण हुने बरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।
विपद्का ४५९ घटनाबाट दुई करोड ९२ लाख ४७ हजार ५५५ रुपियाँ बराबरको भौतिक क्षति भएको मधेस प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आगलागीका घटनाबाट मात्रै २१२ परिवारका घर जलेका छन् । आगलागीबाट दुई करोड ७० लाख १३ हजार ३५० रुपियाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
त्यसैगरी बाढी तथा पहिरोबाट ११ लाख ९० हजार रुपियाँ बराबरको क्षति भएको छ । चट्याङबाट तीन लाख, जंगली जनावरको आक्रमणबाट दुई लाख ७२ हजार रुपियाँ तथा अन्य विभिन्न विपद्का घटनाबाट चार लाख ६३ हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सो अवधिमा भएका विपद्का घटनाबाट ५१० परिवार प्रभावित भएका छन् । विपद्का कारण कतिपय परिवार विस्थापित भएका छन् भने कतिपयको घर तथा सम्पत्तिमा क्षति पुगेको छ ।
बाढी तथा डुबानका कारण ग्रामीण क्षेत्रमा रहेका बस्ती, सडक तथा अन्य संरचनामा असर पर्ने गरेको छ । वर्षायाममा नदी तथा खोलाको पानी बस्तीमा पस्दा स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउने गरेको बरिष्ठ प्रहरी उपरीक्षक ढकालको भनाइ छ ।
विपद्का समयमा प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत वितरणका लागि स्थानीय प्रशासन, स्थानीय तह र सुरक्षा निकायले समन्वय गर्दै आएको उहाँले बताउनुभयो ।
विपद् व्यवस्थापन तथा उद्धार कार्यका क्रममा दुई हजार ८६९ जना प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले विपद्का घटनामा उद्धार, खोजी, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत व्यवस्थापनमा सहयोग गर्दै आएको छ । बाढी, डुबान तथा अन्य जोखिमपूर्ण अवस्थामा प्रहरी टोलीलाई तत्काल परिचालन गर्ने गरिएको छ ।
मधेस प्रदेशका आठ वटै जिल्लामा विपद् व्यवस्थापनका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिने गरिएको उहाँले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
संसदमा दर्ता भएको नयाँ भवन ऐनमा के छ ? ५० वर्ष पुगेका घरको ५–५ वर्षमा परीक्षणलगायत समावेश
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८३ को विधेयक संघीय संसद सचिवालयलमा...
-
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो १५ प्रमुख उपलब्धि, हेलो सरकारमा आएका १५ हजार बढी गुनासो समाधान
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गते यताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री वालेन्द्र...
-
वाणिज्य विभागको ‘महानिर्देशक’ बने सहसचिव रितेश शाक्य
काठमाडौं । ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग’ को महानिर्देशक पदको जिम्मेवारी रितेश कुमार शाक्यले सम्हालेका छन् । राष्ट्रपति कार्यालयबाट...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
सीमा अपराध नियन्त्रणमा नतिजामुखी काम गर्न आईजीपी पौडेलको निर्देशन
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सीमा अपराध नियन्त्रणमा निर्मम ढङ्गले लाग्न निर्देशन दिएका छन् । मधेश प्रदेशस्थित...
-
संसदमा पेस भयो संघीय निजामती विधेयक, के-के भयो कर्मचारीलाई व्यवस्था ? (पूर्णपाठ)
काठमाडौं । ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ सरकारले संघीय संसद् सचिवालयमा दर्ता गराएको...
-
नयाँ महान् यात्रामा नयाँ प्रयास, जनवादी गणतन्त्र चीन स्थापनाको ७७औँ वार्षिकोत्सव मनाउँदै
बेइजिङ । शरद् ऋतुको सुनौलो हावा शीतल छ र चीनका पहाड तथा नदीहरू सुन्दर देखिएका छन्। नयाँ यात्रामा अघि बढ्दै...
-
भारतबाट इन्धनको मूल्य बढेर आयो, तर निगमले यथावत राख्ने
काठमाडौं । इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमले आम उपभोक्ताको हित र चाडपर्वलाई मध्यनजर गर्दै हालको खुद्रा बिक्री...
-
सरकारले गर्यो १७ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । सरकारले १७ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई विभिन्न मन्त्रालय, आयोग तथा स्थानीय तहमा जिम्मेवारी...













