अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको छ ।
आयोगले सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई नायव महान्यायाधिवक्ता (सचिव) पदमा सिफारिस गरेको छ । निवर्तमान नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले यही असोज १८ गतदेखि अवकाश पाएपछि खालि ठाउँमा एक नम्बरमा रहेका सहन्यायाधिवक्ता न्यौपानेलाई नायव महान्यायाधिवक्तामा आयोगले सिफारिस गरेको हो । उनलाई वेपता पारिएका व्यक्तिको छानविन आयोगमा पदस्थापनाका लागि सिफारिस गरिएको छ । न्यौपानेसँग काठमाडौं जिल्लाको प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न जिल्लामा बसेर काम गरेको अनुभव छ ।
झापा जिल्ला स्थायी बसोबास भएका न्यौपाने २०३१ साल पौष ९ गते जन्मिएका थिए । २०६० साल फागुन २९ गते तृतीय श्रेणीबाट सरकारी सेवा प्रवेश गरेका उनले २०६९ साल कात्तिक १ गते द्वितीय श्रेणीमा नियुक्ति भएका थिए । उनी सहन्यायाधिवक्तामा २०७५ साल चैत १४ गते नियुक्ति भएका थिए ।
यसैगरी ध्रुवकुमार चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ । चौहान हाल वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, काठमाडौंमा सचिवका रूपमा कार्यरत छन् । उनलाई महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंमा नायब महान्यायाधिवक्ताका रूपमा सरुवा गर्न सिफारिस गरिएको हो ।
Comments
अरु समाचार
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...













