‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैङ्कको निर्देशनसँगै केही बैङ्क तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटिएमबाट १०० रुपियाँका नोट वितरण गर्न थालेका छन् ।
नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वलाई लक्षित गरेर राष्ट्र बैङ्क र वाणिज्य बैङ्कबाट सुकिला तथा सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
“एकातर्फ पैसा सटही गर्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो । यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन,” उहाँले भन्नुभयो, “चाडपर्वकै मुखमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएकाले पनि राष्ट्र बैङ्कले दसैँ मनाउन भनी सूचना जारी गर्न उपयुक्त देखिएन । हामीले यो ढङ्गले गर्न लागेका हौँ ।”
प्रवक्ता पौडेलका अनुसार असोज १ गतेदेखि राष्ट्र बैङ्कको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैङ्कबाट सुकिला र सफा नोट वितरण भइरहेको छ । उहाँले विगत चार–पाँच वर्षदेखि चाडपर्व लक्षित गरेर नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास भइरहेको बताउनुभयो ।
“गत भदौ ३१ गतेसम्म सात खर्ब ९४ अर्ब रुपियाँ करेन्सी इन सर्कुलेसन भएको छ । सो रकमको करिब आठदेखि १० प्रतिशतसम्म दसैँमा वृद्धि हुने अनुमान गरेका छौँ,” उहाँले भन्नुभयो । रासस
Comments
अरु समाचार
-
प्रधानमन्त्री वालेन्द्र भारत प्रस्थान, राजनीतिक परीक्षा शुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली...
-
स्थानीय निर्वाचन वैशाखमै र प्रदेशको मंसिरमा हुनुपर्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभा निर्वाचन मंसिरमा हुनुपर्ने बताएका...
-
प्रधानमन्त्रीको भारत भ्रमण तय, मन्त्रिपरिषद्ले के गर्यो ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा मङ्सिर...
-
संविधानको मर्म अनुसार प्रदेश र स्थानीय तहको निर्वाचनः निर्वाचन आयोग
काठमाडाैं । निर्वाचन आयोगले संविधान र कानुनको मर्मअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन गर्ने स्पष्ट पारेको छ। राष्ट्रिय मान्यता प्राप्त...
-
परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, नाका खुलाउने विषयमा छलफल
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् । मन्त्रालयमा आज परराष्ट्रमन्त्री खनालसँग चिनियाँ...
-
बरु रवि पक्राउ पर्लान, कुमार बेनलाई ‘सत्ताले छुनै’ सक्दैन
काठमाडाैं। सरकारले धमाधम नेता, पूर्वमन्त्री, व्यवसायीलाई चिवाैलिया भनिएका इनम सापकोटासंगको सम्पर्क रहेको र अन्य विभिन्न आरोपमा पक्राउ गरिरहेको छ। पूर्वमुख्यसचिव...
-
इनम सापकोटासहित तीन जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । बिचौलिया भनिएका इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको...
-
सरकारलाई कार्यशैली सच्याउन मानव अधिकार रक्षकहरूको आग्रह, १० बुँदे सुधार प्रस्ताव सार्वजनिक
काठमाडौं। जवाफदेही निगरानी समितिमा आबद्ध मानव अधिकार रक्षकहरूले प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूले जेनजी...
-
राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी नेपाल आउँदै, स्वागतका लागि भव्य तयारी…
काठमाडौं। राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी कार्तिक २४ गते नेपाल आउने भएका छन्। उनी रुपन्देहीको सेमरहवामा रहेको आफ्नै सत्संग परिसरमा...













