ताजा समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ९४ पैसा र बिक्रीदर १५३ रुपियाँ ५४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ०३ पैसा र बिक्रीदर १७१ रुपियाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपियाँ ४२ पैसा र बिक्रीदर २०३ रुपियाँ २२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपियाँ ५९ पैसा र बिक्रीदर १८४ रुपियाँ ३१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ६१ पैसा र बिक्रीदर १०७ रुपियाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ २२ पैसा र बिक्रीदर १०७ रुपियाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ४१ पैसा र बिक्रीदर ११९ रुपियाँ ८८ पैसा तोकिएको छ । जापानी येन १ को खरिददर नौ रुपियाँ ६४ पैसा र बिक्रीदर नौ रुपियाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ८५ पैसा र बिक्रीदर २२ रुपियाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७२ पैसा र बिक्रीदर ४० रुपियाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९६ पैसा र बिक्रीदर ४२ रुपियाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५५ पैसा र बिक्रीदर चार रुपियाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६४ पैसा र बिक्रीदर ४१ रुपियाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३८ पैसा र बिक्रीदर ३७ रुपियाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ४८ पैसा र बिक्रीदर ११ रुपियाँ ५२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ २६ पैसा र बिक्रीदर १५ रुपियाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ८८ पैसा र बिक्रीदर २२ रुपियाँ ९७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४९ पैसा र बिक्रीदर १९ रुपियाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपियाँ ३२ पैसा र बिक्रीदर ४९८ रुपियाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपियाँ ८२ पैसा बिक्रीदर ४०६ रुपियाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपियाँ २२ पैसा र बिक्रीदर ३५८ रुपियाँ ७८ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org