झिमरुकमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
प्यूठान । झिमरुक गाउँपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको छ । बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममार्फत गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले अभियानको उद्घाटन गरेका हुन।
अभियानको उद्घाटन गर्दै अध्यक्ष महतरा क्षेत्रीले समाजमा हुने सबै प्रकारका लैङ्गिक हिंसा, विभेद, शोषण तथा दुर्व्यवहारको अन्त्य गरी समतामूलक र सभ्य समाज निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताए ।
उनले महिला, ज्येष्ठ नागरिक, बालबालिका लगायत सबै नागरिकलाई सम्मान, समानता र सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय तह प्रतिबद्ध रहेको उल्लेख गर्दै हिंसामुक्त समाज निर्माणका लागि व्यक्ति, परिवार, समुदाय र संस्थागत तहबाट सहकार्य आवश्यक रहेको बताए ।
समाजमा हिंसा, विभेद र दुर्व्यवहार अन्त्य गर्दै समानता, सम्मान र सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
“लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : समानता, सम्मान र सुरक्षित समाजको सुनिश्चितता” भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रम “म हिंसा गर्दिन, गरेको सहन्न, कसैले गरेमा यसको विरुद्धमा आवाज उठाउछु” भन्दै प्रतिबद्धता तथा हस्ताक्षर संकलन अभियान समेत गरिएको थियो ।
Comments
अरु समाचार
-
पत्रकार एवं क्यानडा नेपाल डटकमका सम्पादक विनोद ढकालले पाए सफाइ
काठमाडाैं । पत्रकार एवं क्यानडा नेपाल डटकमका सम्पादक विनोद ढकालले विद्युतीय कारोबार (इलेक्ट्रोनिक ट्रान्जेक्सन) सम्बन्धी कसूरको मुद्दामा सफाइ पाएका छन्।...
-
PNO परिचयपत्र र भिसा सहुलियतको माग गर्दै सभापति श्रेष्ठसँग छलफल
काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहनुभएका नेपाल सरकारको संसदीय सुनुवाइ समितिका सभापति एवं माननीय बोधनारायण श्रेष्ठ र थाइल्याण्डमा बसोबास गर्दै आएका...
-
१५ सय मिटर पौडीमा प्रहरीका रचित तेश्रो स्थानमा
नेपालगञ्ज । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत २३ औं पौडी च्याम्पियनसिपको १५ सय मिटरको पहिलो दिन भएको खेलमा नेपाल प्रहरीका खेलाडी...
-
इपीजीको औचित्य सकिएको भारतको दाबी, सीमा विवादबारे छलफल नै भएन
काठमाडौं । नेपाल–भारतबीच लामो समयदेखि विवादित रहँदै आएको लिपुलेक, कालापानी र लिम्पियाधुरा सीमा विवाद फेरि चर्चामा आएको छ। भारतीय विदेश...
-
स्थानीय तहको निर्वाचनमा संघीय चुनावजस्तो ‘हुरी बतास’ सम्भव छैन: प्रचण्ड
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो ‘हुरी बतास’ आउने...
-
राजनीतिक प्रतिशोधका लागि राज्यका संयन्त्र दुरुपयोग नगर्न गगन थापाको चेतावनी
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक प्रतिशोध साँध्न राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रको दुरुपयोग नगर्न सरकारलाई चेतावनी दिएका...
-
नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी, स्वास्थ्यदेखि अन्तरिक्ष प्रविधि र सहरी विकाससम्म साझेदारी
काठमाडौं। नेपाल र भारतबीच स्वास्थ्य, औषधि, परम्परागत चिकित्सा, अन्तरिक्ष प्रविधि, सुरक्षा, प्रशासनिक क्षमता अभिवृद्धि, कृषि तथा दिगो सहरी विकासलगायत आठवटा...
-
प्रविधि र एल्गोरिदमले समाजलाई भ्रमित पार्ने काम गर्योः शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालका एल्गोरिदम र प्रविधिको दुरुपयोगले समाजमा विकृति तथा भ्रम फैलाइरहेको आरोप लगाएका...
-
भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री बालेनबीच २५ मिनेट वार्ता
नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर र प्रधानमन्त्री शाहबीच २५ मिनेट...













