ताजा समाचार

१५ सय मिटर पौडीमा प्रहरीका रचित तेश्रो स्थानमा

नेपालगञ्ज । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत २३ औं पौडी च्याम्पियनसिपको १५ सय मिटरको पहिलो दिन भएको खेलमा नेपाल प्रहरीका खेलाडी रचित बुढाथोकी तेश्रो बनेका छन्।

१५ सय मिटर फ्रिस्टाइलमा पुलिस क्लबका रचितले १९ मिनेट ५५.६० सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेश्रो बनेका हुन्। यो प्रतियोगितामा प्रहरीकै मयोन श्रेष्ठ १७ मिनेट ४८.६१ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भए । सुदूरपश्चिम प्रदेशका अथर्व सिंह १८ मिनेट ६.९४ सेकेन्डसहित दोस्रो बने ।

प्रतियोगिताका प्राविधिक निर्देशक विष्णु खड्काका अनुसार ४६ प्रतिस्पर्धा समावेश छन् । तीमध्ये ३४ व्यक्तिगत र १२ टिम प्रतिस्पर्धामा सहभागी रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org