बंगलादेशमा फेरि आक्रमण गर्ने आइएसको चेतावनी
काठमाडौं २२ असार । आतंकवादी संगठन इस्लामिक स्टेटले बंगलादेशमा फेरि आक्रमण गर्ने धम्की दिएको छ । आइएसको एक एजेन्सीले रक्काबाट एक भिडियो जारी गर्दै आक्रमणको धम्की दिएको हो ।
धम्कीपूर्ण यो भिडियोमा बंगलादेशमा रहेको शेख हसीना सरकारलाई काफिरको संज्ञा दिएको छ । बंगाली भाषामा जारी यस भिडियोमा देखिएका तीनजना युवा पनिस बंगलादेशी मूलकै रहेका छन् ।
यी मानिसको पहिचान हुन भने सकेको छैन । बंगलादेशको सरकारको तर्फबाट यस मामिलामा अहिलेसम्म कुनै धारणा आएको छैन ।
बुधवार यो भिडियो यू-ट्यूबमा हालिएको थियो । यसमा आइएसले ‘मुजाहिदोन’ (जो मुस्लिविरुद्ध लडिरहेका छन्) र ‘मुजाहिद देश’ माथि हमला गर्ने धम्की दिइएको छ ।
भिडियोमा देखिएका एक व्यक्तिले भने, ‘हामी मुजाहिदोनको हत्या गर्न जब बन्द गर्छौं तब तबसम्म हामी जित्दैनौ ।हामी आफ्नो ज्यान दिइरहन्छौं । हामीसँग गुमाउनका लागि केही पनि बाँकी छैन ।’
दोस्रा ब्यक्तिले बंगलादेश सरकारलाई काफिरको संज्ञा दिए । ”सरकारले अल्लाहको कानुन बदलेर मानिसको कानुन लागू गर्यो । अब यिनीहरु काफिर हुन् ।’
‘उनीहरुले आफ्नो धर्मअनुसार यिनीहरुविरुद्ध लड्नु हाम्रो कर्तब्य हो’, आइएसका कार्यकर्ताले भनेका छन्, ‘मुजाहिदले बम धमाकाबाट संसारभर निर्दोष मुस्लिमको ज्यान लिइरहेकाले हामी प्रतिरोधमा उत्रेका हौं ।’
तेस्रा ब्यक्तिले मुस्लिसँग जिहादका लागि आइएसमा आउन अपिल गरेका छन् । १ जुलाईको राति ढाका कडा सुरक्षा हुने गुलशन कुटनीतिक क्षेत्रस्थित एक रेस्टुरेन्टमा ‘अल्लाह हु अकबर’ नारा लगाउँदै पुगेका आतंकवादीहरुले ४० जनालाई बन्धक बनाएका थिए ।
जसमध्ये १८ जनालाई बचाउन सकिएको थियो भने २२ जना मारिएका थिए । मारिनेहरुमा धेरैजसो इटाली र जापानका थिए ।
हमलाको १० घन्टापछि एक सय कमान्डोले ६ जना आतंकवादीलाई गोली हानी मारेका थिए । एकजना भने भाग्न सफल भएको बताइएको थियो ।
आइएसको एक समाचार एजेन्सीले ५ आतंकवादी र हमलाको तस्बिर पनि सार्वजनिक गर्दै घटनाको जिम्मेवारी लिएको छ ।
तर बंगलादेशी सरकारले भने यो हमलामा आइएसको संलग्नता इन्कार गर्दै स्थानीय समूहकै हात रहेको दाबी गरेको थियो । एजेन्सी
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












