अमेरिका र दक्षिण कोरियाको प्रतिरक्षात्मक प्रणालीको भौतिक कारबाही गर्ने उत्तर कोरियाको धम्की
सोल, २७ असार । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले केही दिनअघि उत्तर कोरियाको आणविक क्षेप्यास्त्रको परीक्षणलाई विफल बनाउने विशेष प्रविधिजडित संयुक्त प्रतिरक्षात्मक प्रणाली राख्ने भनी गरेको घोषणाको कडा विरोध गरेको छ ।
उसले दुई देशको सो संयुक्त कार्य अन्तर्राष्ट्रिय नियम कानुनविपरीत छ भन्दै त्यस कार्यका विरुद्ध आपूmले भौतिक रुपमा कारबाही गर्ने चेतावानी दिएको सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।
सोमबार उत्तर कोरियाको सो धम्की आएको सोलबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको हो । उत्तर कोरिया आफैले भने गत शनिबार मात्र पनि एक पनडुब्बी क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको थियो ।
उत्तर कोरियाले समुद्रको पूर्वी तटीय क्षेत्रमा पर्नेगरी शनिबार बिहान गरेको यस क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरियाले निन्दा गरेको समाचारमा जनाइएको थियो ।
दक्षिण कोरियाको रक्षामन्त्रालयले बताएअनुसार शनिबार गरेको यस्तो खालको परीक्षण पानीमा मारहान्ने खालको हो । तर यो पनि क्षेप्यास्त्र नै भएको दक्षिण कोरियाली उक्त मन्त्रालयले जानकारी दिएको छ ।
उत्तर कोरियाको उक्त कार्यको विश्वव्यापी रुपमा निन्दा भई नै रहेका बेला यता उत्तरले भने सोमबार बिहान यस्तो धम्की दिएको अर्को एक समाचारमा जनाइएको छ ।
उत्तर कोरियाले भनेको छ– उक्त प्रतिरक्षात्मक प्रणाली जडान गर्ने योजना तत्कालै फिर्ता नलिने हो भने हामीले यस कार्यका विरुद्धमा भौतिक कारबाही सम्म पनि गरिने छ ।
अमेरिका र दक्षिण कोरियाले हालैमात्र उत्तर कोरियाले गर्ने गरेको बारम्बारको क्षेप्यास्त्र परीक्षणस्थल समुद्रको पूर्वी तटीय क्षेत्रलाई लक्ष्यितगरी प्रतिरक्षात्मक प्रयोजनका लागि भन्दै संयुक्त सुरक्षा प्रणाली राख्ने बताएका थिए ।
यी दुई देशको सो घोषणाको दुई दिनपछि उत्तर कोरियाले नै यो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ । उत्तर कोरियाले गएको शनिबार पनडुब्बी परीक्षण गरेको छ भने अर्कातर्फ उसले यस्तो प्रणालीको जडान गरिएमा सशक्त रुपमा भौतिक कारबाही गर्ने जनाएको छ ।
उत्तर कोरियाले बाह्य विश्वको आग्रहको वास्ता नै नगरी पछिल्ला केही महिनायता बारम्बार गर्ने गरेको परीक्षणले संयुक्त राष्ट्रसंघीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी कानुनको उल्लङ्घन गरेको भन्दै त्यसको दक्षिणले भने निन्दा गरेको छ ।
शनिबार बिहान उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रबाट सो क्षेप्यास्त्र फालिएको र सो परीक्षण राष्ट्रसंघीय कानुनको विपरीत भएको बताइएको हो ।
दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले दिएको जानकारीअनुसार सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी पनि गरिरहेको थियो ।
सो सूचनाका आधारमा दक्षिण कोरियाले उक्त परीक्षणको अवस्थाको बारेमा अध्ययन गरेको थियो । अध्ययनका क्रममा उसले उक्त क्षेप्यास्त्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर छोडेको पाइएको र यसको परीक्षणको कुनै सूचना प्राप्त नभएको बताएको छ ।
पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका कारण दक्षिण कोरिया तथा अमेरिकाले उसमाथि नाकाबन्दी लगाएका छन् । संयुक्त राज्य अमेरिकाले पनि उत्तर कोरियाका विरुद्धमा नाकाबन्दी लगाएको छ ।
उत्तर कोरियाली राष्ट्रिय सेनाको तोप विभागले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । उक्त विभागको विज्ञप्तिमा भनिएको छ– यदि यी दुई देशले यसअघि घनिएजस्तै अत्याधुनिक खालको यस प्रतिरक्षात्मक प्रणालीको जडान गर्ने हो भने हामी सोही दिनदेखि नै त्यसमाथि आक्रमण गर्नेछौँ ।
उक्त प्रणालीको जडान दक्षिण कोरियामा गर्ने भएकोले दक्षिण कोरियाको उक्त स्थानमा नै भौतिक क्षति हुनेगरी आक्रमण गरी कारबाही गरिने जानकारी उक्त विभागले जनाएको छ । रासस/एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












