ईयू छोडे पनि सुमधुर सम्बन्ध राख्न क्यामरुनको आग्रह
लन्डन, ३० असार । बेलायतको प्रधानमन्त्रीबाट बाहिरिँदै गर्नुभएका कन्जरभेटिभ पार्टीका नेता डेभिड क्यामरुनले आफ्नो उत्तराधिकारी टेरेसा मेलाई बेलायत युरोपियन युनियन ९ईयू० बाट बाहिरिने प्रक्रिया अगाडि बढाइरहँदा पनि ईयूसँगको सम्बन्धलाई निकट एवम् सुमधुर रहने गरी अघि बढ्न आग्रह गर्नुभएको छ ।
बुधबार प्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिनुभन्दा केही घण्टा पहिले उहाँले सांसदहरुसँग बिदाई सम्बोधन गर्नुुहुँदै बेलायती संसद हाउस अफ कमन्समा भन्नुभयो, मेरा उत्तराधिकारी एवम् बेलायती कुशल मध्यस्थकर्तालाई मेरो सल्लाह छ कि उहाँले बेलायतलाई ईयूबाट अलग गर्दैगर्दा पनि बेलायतको ईयूसँग रहेको सम्बन्ध सम्भव भएसम्म निकट रहनेगरी गर्नुहुनेछ । यसो गर्नु बेलायत ईयू दुवैको व्यापार र सुरक्षा सहकार्यका लागि फाइदाजनक हुनेछ ।
प्रधानमन्त्री क्यामरुनले बेलायती जनताले मुलुकलाई ईयूबाट अलग गर्ने पक्षमा मतदान गरेपछि दुई साता पहिले नै प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो ।
उहाँले बुधबारै बेलायती महारानी एजिलावेथ द्वितीयलाई बकिङ्घम प्यालेसमा भेटी आफ्नो राजीनामा पेस गर्नुहुनेछ । उहाँको राजीनामापश्चात बेलायती महारानीले प्रधानमन्त्रीको कार्यभार पूर्व गृहमन्त्री मेलाई सुम्पिने बताइएको छ ।
उनान्साठी वर्षीया मे बेलायती ‘आइरन लेडी’ मार्गरेट थ्याचर पछि लेवर पार्टीकै तर्फबाट बेलायत सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । उहाँ बेलायतको इतिहासमा दास्रो प्रधानमन्त्री हुनुहुनेछ ।
मे प्रधानमन्त्रीमा आएसँगै उहाँका सामु बेलायतलाई ईयूबाट अलग गराउने कठिन पहलका लागि चुनौतीको सामना गर्नुपर्नेछ ।
ईयू नेताहरुले नयाँ नेतृत्वमा आएसँगै मेले छरितो कदमलाई अगाडि बढाउँदै बेलायतलाई ईयूसँग सदस्य राष्ट्रका नाताले रहिआएका संयुक्त क्रियाकलापबाट अलगनगरी बे्रक्जिट को निर्णयपछि ईयू र बेलायतबीच रहेको अनिश्चिततालाई अन्त्य गर्न आग्रह गरिसकेका छन् । रासस/एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












