फ्रान्समा भएको आतङ्ककारी हमलाको विश्वव्यापी निन्दा
नाइस ‘फ्रान्स’, ३१ असार । फ्रान्सको नाइस सरहमा अवस्थित एक रिसोर्टमा शुक्रबार बिहान भएको बन्दुक आक्रमणको विश्वका नेताहरुले निन्दा गर्नुभएको छ ।
सो हमलामा परी ८४ जनाको ज्यान गएको छ । बिहान भएको सो हमलामा परी घटनास्थलमै ८० जनाको ज्यान गएको थियो । मारिने व्यक्तिको सङ्ख्या ८४ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
सो हत्याको विश्वव्यापी रुपमा निन्दा गरिएको छ । यस घटनाको विरोधगर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतङ्कवादले कहिल्यै पनि जित्न नसक्ने धारणा राख्नुभएको छ ।
उहाँले मारिएका व्यक्तिप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको जनाइएको छ ।
त्यस्तै क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले पनि सो घटनाको निन्दा गर्नुभएको छ । उहाँले दोषीलाई कडा कारबाहीको माग पनि गर्नुभएको छ ।
एकजना बन्दुकधारीले महोत्सवमा रमाइरहेको स्थानमा ट्रक लगेर ट्रकभित्रैबाट बन्दुकले हमला गरेको थियो । उसको पहिचान अहिले सम्म हुन सकिरहेको छैन ।
त्यस्तै टर्कीका राष्ट्रपति रिसेप एर्डोग्यानले पनि सो घटनाप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले यसमा संलग्नलाई जतिसक्दो चाँडै पत्ता लगाएर कारबाही गर्न माग गर्नुभयो ।
उक्त घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ प्रधानमन्त्री लि खछ्याङलगायत विश्वका नेताहरुले दुःख व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ ।
सो आतङ्ककारी हमलाको अनुसन्धान सुरु भएको छ । तर अहिलेसम्म केही नयाँ तथ्य भने पत्ता लाइसकेको छैन । रासस/एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












