फ्रान्सको प्रतिष्ठामा कमी आउने छैन : राष्ट्रपति अलान्द
फ्रान्स, १४ साउन । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले बिहीबार दक्षिणपश्चिमी सहर रिभसाल्टसमा एक कार्यक्रममा अमेरिकी राष्ट्रपतिका आकाँक्षी डोनाल्ड ट्रम्पले फ्रान्समा भएका श्रृङ्खलापूर्ण आतङ्कवादी हमला कारण फ्रान्स अब पहिलेको जस्तो शान्त राष्ट्र रहन नसकेको भन्ने भनाईलाई खण्डन गर्दै बिहीबार फ्रान्समा भएका एकाध घटनाका कारण हाम्रो आदर्श मूल्य तथा मान्यतामा परिवर्तन नआउने बताउनुभएको छ ।
ट्रम्पले ‘अब फ्रान्स पुरानो फ्रान्स रहन नसकेको’ भनी गरेको टिप्पणीप्रति उहाँले प्रतिवाद गर्दै अलान्दले भन्नुभयो, फ्रान्ससँग पुरानै आदर्श एवम् मूल्य र मान्यता जीवित छन् । त्यसैले एकाध घटनाका कारण विश्वमा फ्रान्सको महत्व एवम् प्रतिष्ठामा कुनै कमी आउने छैन ।
रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार ट्रम्पले फ्रान्समा एक क्रिश्चियन धर्मगुरुको इश्लामिक जिहादी समूहले गरेको हत्या प्रसङ्ग र आफ्ना साथीले फ्रान्स पहिले जस्तो नभएको बताउँदै आफू त्यहाँ नजाने बताएको प्रसङ्ग जोड्दै फ्रान्सको सुरक्षा अवस्थामाथि बुधबार टिप्पणी गर्नुभएको थियो ।
जब कसैले आफ्ना आदर्शलाई छोड्छ त्यतिबेला उसको महत्व एवम् प्रतिष्ठामा आँच आउन सक्छ तर फ्रान्सले त्यसो हुन कहिल्यै दिने छैन, अलान्दले भन्नुभयो ।
अमेरिकी रिपब्लिकन पार्टीका नेता एवम् राष्ट्रपतिका आकाँक्षी ट्रम्पको नाम नलिइकनै ट्रम्पले फ्रान्सप्रति गर्नुभएको टिप्पणीको प्रतिबाद गर्दै भन्नुभयो एटलान्टिक महासागरको अर्को कुनामा रहेका मुलुकमा यस किसिमको समस्या आउन सक्ला तर फ्रान्स सधैँ फ्रान्स नै रहिरहने छ ।
ट्रम्पको टिप्पणीमाथि फ्रान्सका प्रधानमन्त्री मेनुएल भल्जले बुधबारै ट्वीट गरी फ्रान्स अहिले पनि शान्त एवम् बलियो राष्ट्र रहेको प्रतिक्रिया जनाउनुभएको थियो ।
जुलाई १४ गते ८४ जनाको ज्यान जाने गरी भएको नीस आक्रमण र फ्रान्सेली चर्चमा ८६ वर्षीय धर्मगुरु ज्याक्स हमेलको हत्याको फ्रान्सको जिहादी इस्लामिक समूहले जिम्मेवारी लिएको छ । – एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












