सुरक्षा परिषद्द्वारा समादेश जारी
संयुक्तराष्ट्र सङ्घ, १५ साउन । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले दक्षिणी सुडानस्थित शान्ति बहाली आयोग ‘युएनएमआइएसएस’लाई अगस्ट १२ सम्म त्यहाँ सक्रिय रहन समादेश जारी गरेको छ ।
युनएनएमआइएसएसको कार्यकाल ३१ जुलाईसम्म मात्र तोकिएको थियो । दक्षिणी सुडानमा आन्तरिक युद्धलगातार चर्किरहेको कारण १५ सदस्यीय सुरक्षा परिषद्ले त्यहाँ शान्ति सुव्यवस्था कायम होस भन्ने उद्देश्यले छोटो अवधिका लागि शान्ति बहाली आयोगको समय थप गर्न स्वीकार गरेको हो ।
जुलाई महिनाको सुरुदेखि नै सरकार र विद्रोहीपक्षका सेनाबीच आन्तरिक द्वन्द्व चर्किनाले दक्षिण सुडानको राजधानी जुबामा मात्र ३३ जना निर्दोष नागकिरसहित २७२ को मृत्यु भएको छ ।
आन्तरिक द्वन्द्वको शिलशिलामा युएनएमआइएसएसउपर आक्रमण हुँदा दुईजना चिनियाँ शान्तिदूत पनि मारिएका थिए ।
राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकले युएनएमआईएसएसलाई शान्ति बहालीकार्य सम्पन्न गर्न सबै प्रकारका उपाय अपनाउन थप आवश्यक अधिकारसमेत दिएको छ ।
बीस वर्षभन्दा बढी गृहयुद्ध चलेपश्चात् सुडान मूल भूमिबाट टुक्रिई ९ जुलाई २०११ देखि दक्षिण सुडानले स्वतन्त्रता हासिल गरेको थियो ।
दक्षिणी सुडानमा राष्ट्रपति साल्भा किइर उपराष्ट्रपति रिक मचारका बीच तीब्र मतभेद उत्पन्न भई मचारलई राष्ट्रपति किइरले सैनिक कुको प्रयास गरेको भन्ने आरोप लगाएपछि हिंसा हत्याको लामो शृङ्खला सुरु भएको थियो । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...













