अस्टे«लियाली प्रधानमन्त्रीद्वारा अस्वीकार
क्यानबेर्रा, १७ साउन । संयुक्त राष्ट्र संघको सर्वोच्च स्थान महासचिव पदका लागि आगामी मनोनयनका लागि वैदेशिक मामिला तथा वाणिज्य मन्त्रालय ‘डिएफएटि’ले पूर्वप्रधानमन्त्री केभिन रुडलाई सिफारिस गरी समर्थनका लागि पेश गरेकोमा अस्टे«लियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले अस्वीकार गर्नु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
अस्टे«लियाली स्थानीय सञ्चारमाध्यम न्युज कर्पकाअनुसार डिएफएटिका नवनियुक्त विभागीय प्रमुख फ्रान्सिस आडम्सनद्वारा प्रस्तावित पूर्वप्रधानमन्त्री केभिनको नामलाई बहूसंख्यक अस्टे«लियाली कूटनीतिज्ञहरुले समर्थन जनाएका थिए ।
तर,‘उहाँ यत्रो गौरवशाली भूमिकामा रहन नसुहाउने” भन्दै प्रधानमन्त्री माल्कोमले अस्वीकार गर्नु भएको छ ।
यसपूर्व सहमत भईसक्नु भएका प्रधानमन्त्री टर्नबुलले एक्कासी आफ्नो निर्णय परिवर्तन गरेकामा आश्चर्यचकित हुनु भएका रुडले उहाँका पहिलेका ३ वटा व्यक्तिगत पत्र देखाउँदै ‘वर्तमान प्रधानमन्त्रीले आफूप्रति अन्धनजरले पूर्वाग्रह राखेको, आफ्नो नाम मनोनयनमा बाधा खडा गरी न्याय दिन नसकेको ’ भन्ने तीब्र प्रतिक्रिया जनाउँदै एक विज्ञप्ति समेत जारी गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्री केभिन रुडको नामका पछाडि बिदेश मन्त्री जुली बिशप, अमेरिकाका लागि अस्टे«लियाली राजदूत तथा पूर्व कोएलिसन ट्रिजरर जो हकि, लन्डनस्थित बेलायतका लागि अस्टे«लीयाली महावाणिज्यदूत अलेक्ज्यान्डर डाउनर लगायत अन्य थुप्रै उच्चस्तरिय कुटनीतिक ब्यक्तित्वहरु उभिएका थिए । रासस /सिन्ह्वा
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












