अमेरिका– क्युबा वार्ता कठिन मोडमा
हवाना, १८ साउन । क्युबा र अमेरिकाबीच पहिले एक आपसलाई दाबी गरेको खरबौँ
डलरको क्षतिपूर्ति मुद्दा सल्टाउन कठिन र पेचिलो भएको एक वरिष्ठ क्युबाली अधिकारीले बताएका छन ।
अमेरिकाले क्युबाउपर आर्थिक प्रतिबन्ध लगाएको अवधिभर राष्ट्रले तीन खर्ब अमेरिकी डलर बराबरको नोक्सान बेहोर्नु परेको भन्दै त्यसको क्षतिपूर्ति दाबी गरेको छ ।
जवाफमा अमेरिकाले पनि क्युबामा रहेको आफ्नो सम्पत्ति पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको पालाभरी राष्ट्रियकरण गरेको भन्दै यस बापत १० अर्ब अमेरिकी डलरको क्षतिपूर्ति माग दाबी गरेको छ ।
अमेरिका क्युबा वार्ताका लागि क्युबाली पक्षका टोली नेता उप विदेश मन्त्री अबेलार्दो मोरेनोले “क्युबाले एक पक्षीय समाधानका उपाय स्विकार गर्दैन” भन्नु भएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबोमाको पहलमा पुराना तिक्तताको अन्त्य गर्दै गतवर्ष मात्र सौँहार्द्र सम्बन्ध कायम गर्ने सहमति भएको थियो ।
क्युबासँग पुनस्र्थापना गर्न खोजिएको दौत्य सम्बन्धभित्र वातावरण, इमेल सेवा,सुरक्षा र सीधा हवाई सम्पर्क जस्ता आवश्यक पक्षहरुसमेत समेटिएका थिए ।
अहिले चलेको जुहारीले अमेरिका क्युबाबीच फेरी गाँसिन लागेको मित्रतानै धरापमा पर्न सक्ने आशङ्का गरिएको छ । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












