विद्यालयमा गरिएको हवाई आक्रमणमा दश बालबालिको मृत्यु
यमन, ३१ साउन । अरब नेतृत्वको गठबन्धनद्वारा यमनी विद्रोहीको पकड रहेको राज्यको उत्तरी क्षेत्रमा शनिबार गरेको हवाई आक्रमणमा परी कम्तिमा १० बालबालिकाको मृत्यु भएको डक्टर विदआउट बोर्डर्स ९एमएसएफ० ले आइतबार जनाइएको छ ।
एमएसएफका प्रवक्ता मलाक सहेरले हैदानस्थित कोरानिक नामको विद्यालयमा अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा १५ वर्ष मुनिका १० बालबालिकाको मृत्यु भएको र २८ जना घाइते भएको पुष्टि गर्नुभएको छ ।
घटनापछि इरान पक्षधर हुठी विद्रोहीले हवाई आक्रमणबाट मृत्यु भएका बालबालिकाको रगताम्मे अवस्थाको भिडियो फेसबुक लगायतका सार्वजनिक सञ्जालमा सेयर गरेका थिए ।
घटनाको संयुक्त राष्ट्रसङ्घको बालबालिकाको अधिकारका लागि कार्यरत संस्था युनिसेफले पुष्टि गरेको छ ।
युनिसेफले पछिल्ला केही हप्तायता यमनी भुमिमा कैयौँ बालबालिकाको हवाई आक्रमणमा परी मृत्यु भएको बताएको छ ।
युनिसेफले यमनमा युद्धरत सबैपक्षसँग युद्धका समय अन्तर्राष्ट्रिय कानुनद्वारा निर्दिष्ट नियमको पालना गरी बालबालिका, सामान्य नागरिक तथा उनीहरुका भौतिक संरचनामाथि हमला नगर्न आग्रहसमेत गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको अध्ययनले यमनमा सन् २०१५ भर भएका आक्रमणमा ७८५ बालबालिकाको ज्यान गएको र यसमध्ये ६० प्रतिशत अरब नेतृत्वको गठबन्धनले गराएको भन्दै उक्त गठबन्धनलाई राष्ट्रसङ्घले कालो सूचीमा राखेपछि साउदी अरबले आवेग प्रकट गर्दै आएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले साउदी अरबलाई अन्तर्राष्ट्रिय युद्धसम्बन्धी कानुनको पालना नगरेको आरोप लगाउँदै राष्ट्रसङ्घको सहायता कार्यक्रममा कटौती गर्ने चेतावनी दिनुभएको छ ।
गठबन्धनको निशाना विद्यालय थिएन
साउदी नेतृत्वको सुरक्षा गठबन्धनले आइतबार एमएसएफले बताएका १० बालबालिकाको मृत्यु आफ्नो विद्रोहीविरुद्ध गरिएको हवाई आक्रमणमा भएको बताउँदै गठबन्धनको निशाना विद्यालय नगरेको दाबी गरेको छ ।
साउदी नेतृत्वको गठबन्धनले विद्यालयमा आफ्नो निशाना नभएको तर आफ्नो विमानद्वारा हुदा नामक विद्रोहीको सादास्थित तालिम केन्द्रमा विस्फोट गराइएको प्रष्ट्याएको छ ।
तर विद्रोहीले बालबालिकालाई भर्ती गरी उक्त शिविरमा तालिम दिँदै गरेकाले बालबालिकाको मृत्यु भएको दाबी गरेको छ । रासस/एएफपी
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












