फिलिपिन्सका राष्ट्रपतिद्धारा चिनियाँ सहयोगको सराहना
मनिला, ५ भदौ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले लागूऔषधको अवैध प्रयोग र ओसारपसारका विरुद्धमा चीनले गरेको सहयोगको सराहना गर्नुभएको छ ।
फिलिपिन्सको सरकारले लागू औषधका विरुद्धमा जारी राखेको लागूऔषधको अवैध रुपमा गरिने ओसारपसार लगायतका क्षेत्रमा चीनले पुर्याएको सहयोगको सराहना गर्दछु, उहाँले भन्नुभयो ।
आइतबार बिहानै फिलिपिन्सको दाभायो सहरमा आयोजना गरिएको एक पत्रकार सम्मेलनका क्रममा उहाँले सो धारणा राख्नुभएको हो ।
यस विषय फिलिपिन्समा एक गम्भीर विषय भएकोले यसको सहयोगका लागि विश्वका अरु पनि कैयौं देशले सहयोगको अपेक्षा गरेकोमा हालैका दिनमा चीनको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको पनि राष्ट्रपति डुटेर्तेले जनाउनुभयो ।
अवैध किसीमले लागू औषधको ओसारपसारका कारण फिलिपिन्समा यसले भ्रष्टाचार र आपराधिक क्रियाकलापमा बढावा दिइरहेको छ भन्दै उहाँले आगामी दिनमा यस्ता सबै क्रियाकलापलाई निर्मूल पार्ने प्रण पनि गर्नुभयो ।
यो लागू औषधको अवैध ओसारपसारको जालो देशका राजनीतिक नेता, प्रहरी, कर्मचारी र यहाँसम्म कि न्यायाधीशसम्ममा पनि पुगेको चर्चा उहाँले गर्नुभयो ।
यस्तो जालो तोड्नका लागि सरकार सशक्त रुपमा लागिपर्ने भन्दै उहाँले आगामी दिनमा यस्ता क्रियाकलापहरुलाई कुनै पनि हालतमा निस्तेजा पारिने पनि उहाँले बताउनुभयो । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...













