‘म्यानमारको शान्ति वार्ता वानको उपस्थितिमा हुने’
याङ्गोन (म्यानमार), ८ भदौ । म्यान्मारमा जातिवादी विभिन्न समूहसँग आगामी हप्ता हुने शान्ति वार्तामा संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि मुन पनि उपस्थित हुनुहुने म्यानमारका सरकारी अधिकारीले मङ्गलबार बताएका छन् ।
म्यानमारमा दशकाँै लामो अल्पसंख्यक जनजाति समूहसँग सशस्त्र द्वन्द्व अन्त्य गरी स्थायी शान्तिका लागि गरिएको प्रयासको संयुक्त राष्ट्र सङ्घले प्रशंशा गर्दै आएको छ ।
महासचिव वानद्वारा म्यानमारको शान्ति प्रयासमा आफूले सहभागिता जनाउन चाहेको भनी इच्छा प्रकट गरेपछि म्यानमार सरकारले वार्तामा महासचिव वानलाई बोलाउने निर्णय गरी औपचारिक पत्राचार गरेको म्यानमारका उच्च अधिकारीले बताए ।
‘एक्काइसौँ सताब्दीको प्याङलोङ सम्मलेन’ नाम दिइएको शान्ति वार्तामा वान आउन चाहेको भनी एक राष्ट्र सङ्घका प्रतिनिधिले बताएपछि सरकारले औपचारिक रुपमा वार्तामा सहभागी भइदिन निम्तो पठाएको म्यानमारका राष्ट्रपतिका कार्यालयका उपनिर्देशक जाब हतायले बताउनुभयो ।
म्यानमारको राजधानी न्यापितमा अगस्ट ३१ मा सुरु हुने शान्ति वार्तामा वानलाई सहभागी हुन पठाउन राष्ट्र सङ्घले छिट्टै निर्णय लिनेमा म्यानमार सरकार विस्वस्त रहेको हतायले बताउनुभयो ।
यदि वान वार्तामा सहभागी हुनुभएमा यो म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीको नेशलन लिग फर डेमोक्रेसी पार्टीले सेनाद्वारा संरक्षण प्राप्त सरकारलाई यही मार्चमा प्रतिस्थापन गरेपछिको पहिलो भ्रमण हुनेछ ।
वानले यसअघि सन् २०१४ को नोभेम्बरमा म्यानमारको भ्रमण गर्नुभएको थियो । – एपी
Comments
अरु समाचार
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...












