मकाउमा सुदूरपश्चिमेलीहरूको संगठन, अध्यक्षमा पन्त निर्विरोध
मकाउ । मकाउमा विभिन्न पेशा तथा व्यवसायमा कार्यरत सुदूरपश्चिमका नेपाली संगठित भएका छन् ।
शनिबार भएको सुदूरपश्चिमेलीहरुको भेलाले पदमसिंह पन्तको अध्यक्षतामा १५ सदस्यीय सुदूरपश्चिमेली सेवा समाजको कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिको उपाध्यक्षमा देवी चन्द ,कोषाध्यक्षमा प्रकाश चन्द ,सह–कोषाध्यक्षमा केशव विस्ट, सचिवमा मोहनसिंह पन्त र सह–सचिवमा दिनेश ऐर चुनिएका छन् ।
सदस्यमा डम्बर गिरी, हिक्मत चन्द, राजन बदेल, राजेन्द्रसिंह धामी निमबहादुर रेउले छन् । मकाउमा रहेका सुदूरपश्चिमबासीका साथै त्यहाँस्थित नेपालीको हकहित तथा सुदूरपश्चिमेली कला संस्कृतिलाई मकाउमा चिनाउने तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आफूहरु संगठित भएको अध्यक्ष पन्तले बताए ।
‘आफ्नो मौलिक संस्कृतिमार्फत मकाउमा रहेका सुदूरपश्चिमेली र नेपालीको हितमा हामी काम गर्छौं’, पन्तले भने, ‘दुःखमा परेका जो कोही नेपालीको साथमा हामी रहने छौं ।’
मकाउमा झण्डै पाँच हजार नेपाली कार्यरत रहेकामा सुदूरपश्चिमका करिब डेढ सय छन् ।
क्यासिनो हबका रुपमा स्थापित मकाउमा नेपालीहरु सुरक्षागार्डका साथै होटल र रेस्टुरेन्टहरुमा कुक तथा वेटरको काम गर्छन् ।
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












