फिलिपिन्समा लागु औषध अपराध विरोधी अभियानमा दुई हजार चारसयको मृत्यु
मनिला, २० भदौ । फिलिपिन्समा नयाँ राष्ट्रपति रोड्रिगो उटेते सत्तामा आएपछि सरकारद्वारा चालाइएको अपराधविरोधी अभियानमा करिब दुई हजार ४०० मनिसको मृत्यु भएको प्रहरीले आइतबार जनाएकोे छ ।
राष्ट्रपति डुटेर्ते सत्तामा आएको करिब तीन महिना पुगिसकेको छैन तर लागुऔषध तथा शङ्कास्पद आपराधिक गतिविधिमा लागेका अधिकांश मानिसले पक्राउ गरिएपछि छानविनका क्रममा ज्यान गुमाएका छन् ।
संयुक्त राष्ट्रसङ्घ र अधिकारवादी समूहले फिलिपिन्समा लागु औषध कारोबार तथा अपराध नियन्त्रण अभियानका क्रममा अधिक न्यायिक हत्या भएको भन्दै सरकारको आलोचना गरेका छन् ।
प्रहरीद्वारा दिइएको तथ्याङ्कअनुसार नयाँ राष्ट्रपति सरकारमा आएपछि चलाइएको अपराध विरोधी अभियानमा एक हजार ११ मानिसको प्रहरी कारबाहीमा मृत्यु भएको बताइएको छ । बाँकी एक हजार ३९१ को मृत्यु छानविन तथा लागु औषध कारोबारको पोल खुल्ने डरमा यसमा संलग्न गिरोहबाटै भएका थिए ।
प्रहरीले आफ्नो सङ्गठन लागु औषध तथा अपराध विरोधी अभियानका क्रममा प्रतिरक्षात्मक कारबाहीमा केही लागु औषध कारोबारमा लागेका मानिसको मृत्यु भएको थियो भने कैयौँ लागु औषध कारोबारको पोल खुल्ने डरमा संलग्न गिरोहबाटै हत्याहरु भएको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घ र अधिकारवादी समूहले फिलिपिन्समा लागु औषध कारोबार तथा अपराध नियन्त्रण अभियानका क्रममा अधिक न्यायिक हत्या भएको भन्दै सरकारको आलोचना गरेका छन् ।
तर राष्ट्रपति डुर्टेर्तेले भने देशम अराजकता फैलिएको भन्दै सरकारद्वारा घोषणा भएको अभियान लक्ष्यसम्म नपुग्दासम्म नरोकिने बताउनुभएको छ ।
फिलिपिन्सका प्रतिथपक्ष दलका विधायक एडसेल ल्यागमेनले आइतबार डर्टेर्तेनको घोषणाले अनावश्यकरुपमा नागरिकलाई तर्साएको र यसलाई रोक्नुपर्ने बताएका छन् ।
सरकारका आलोचकहरुले सुरक्षाकर्मी तथा भाडामा लिइएका हत्यारा समूहले अपराध नियन्त्रणका नाममा लागू औषध कारोबारमा नलागेका मानिसहरुको समेत सामूहिक हत्य हुने गरेके बताएका छन् । –एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












