अर्जेन्टिना बराबरीमा रोकियो, ब्राजिल विजयी
काठमाडौं २२ भदौ । विश्वकप छनौट फुटबलमा लिओनल मेस्सी विनाको अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेलेको छ ।
बुधबार बिहान भएको खेलमा अर्जेन्टिना र भेनेजुएलाले २-२ गोलको बराबरी खेलेको हो । मेरिडामा भएको खेलमा अर्जेन्टिनी कप्तान मेस्सी चोटका कारण टोलीमा अनुपस्थित थिए । खेलमा भेनेजुएलाले दुई गोलको अग्रता लिएर पनि जोगाउन सकेन । ३५ औं मिनेटमा गोल गरेको उसले ५३ औं मिनेटमा दोस्रो गोल गरेको थियो । तर, ५८ औं मिनेटमा पार्टोले अर्जेन्टिनाका लागि गोल गरे । ८३ औं मिनेटमा आटामेन्डीले बराबरी गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाए ।
ब्राजिल विजयी
अर्को खेलमा ब्राजिलले कोलम्बियालाई हराएको छ । नेयमारको गोलको मदतमा ब्राजिलले कोलम्बियालाई २-१ ले हराएको हो ।
खेलमा ब्राजिलले दोस्रो मिनेटमा नै मिरान्डाको गोलबाट अग्रता लिएको थियो । तर, ३६ औं मिनेटमा घरेलु टोलीका मार्किन्योसले आत्मघाती गोल गरे र खेल १-१ को बराबरीमा पुग्यो । खेलको ७४ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई जित दिलाए । एजेन्सी
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...














